RaraNews

जागरण मिडिया प्रकाशित : २०७४/९/२७ गते
१८७१ पटक

भारत ।

जब जातिय विभेदको कुरा आउँछ तब त्यससंग हिन्दु धर्म जाडिन्छ । हिन्दु धर्मका अनुयायीहरुले दलित भनिएका जातिहरु माथि विभिन्न बाहानामा कुटमिट गर्दै हत्यासम्म हुने गरेका खबरहरु भारतमा बढि सुनिदै आएका छन् । कहिले मन्दिरमा गएको आरोपमा, त कहिले गाई काटेको आरोपमा, त कहिले अन्तर जातिय विबाह गरेको आरोपमा, त कहिले मान्छेलाई नै छोएको आरोपमा निर्घात कुटपुट गर्दै हत्या सम्म हुने गरेका छन् । भारतिय दलित समुदाय धर्म कै कारण आफुहरु माथि जातिय विभेद र अत्याचार भयो भन्दै धर्म त्याग सम्मको निर्णयमा पुगेका छन ।
पछिल्लो समय भारतका बिभिन्न राज्यमा बसोबास गर्ने सयौं दलितहरुले आफुमाथि हिन्दु धर्मका कारण जातिय विभेद र अन्याय भएको भन्दै धर्म त्याग गरेका छन् । भारतिय संचारमाध्यमका अनुसार पछिल्लो उदाहरण, भारतको उत्तरप्रदेश राज्यको मुरादावादमा ५० भन्दा बढि दलित परिवारले हिन्दु धर्म त्यागी अन्य धर्म अँगालेका छन् ।
धर्म त्याग गर्नेहरुका अनुसार त्यहाँ दलित समुदायलाई हिन्दु धर्मको कट्टरवादी दल बीजेपीको केन्द्र र राज्य सरकार दलित समुदायको शोषण र अझ विभेदमा पार्ने काम गरिरहेको छ । देशको ठुलो राजनितीक दलले नै जातिय रुपमा दलितमाथि ज्याजदी र अत्याचार गर्न थालेपछि आफुहरुलाई धर्म प्रतीको नै मोह हराएर गएको उनिहरुले प्रतिकृया दिएका छन् । हिन्दू धर्म त्याग गर्ने ति दलितहरुले आफ्नो घर घरमा रहेका हिन्दुका मुर्तीहरु निकालेर नजिकैको नदिमा लगेर बिर्षजन समेत गरेका छन् ।

प्रतिकृया दिनुहोस्