RaraNews

प्रकाशित : २०७७/२/३२ गते
१०३६ पटक

काठमाडौं । पश्चिम रुकुममा युवती लिन गएका युवकहरुको हत्या भएको प्रकरणमा छानविनका लागि गठित समितिको म्याद थप भएको छ ।

गृह मन्त्रायलले एक साताका लागि सह–सचिव जितेन्द्र बस्नेत संयोजकत्वको पाँच सदस्यीय छानविन समितिलाई म्याद थप गरेको हो ।

गृह स्रोतका अनुसार बस्नेत नेतृत्वको समितिले स्थलगत अध्ययन, छानविन र विश्लेषण सकिसकेको छ । थप भएको समयमा प्रतिवेदन लेखनको कार्य हुनेछ ।

यसअघि घटनाको अनुसन्धानको माग गर्दै व्यापक दबाब सिर्जना भएपछि १३ जेठमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले घटनाको छानविनका लागि पाँच सदस्यीय समिति गठन गरिएको जानकारी दिएका थिए । समितिमा एक जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), राष्ट्रिय अनुसन्धान विभागका अधिकृत, महान्यायाधिवक्ताको कार्यालयका अधिकृत र गृहमन्त्रालयका एक जना उपसचिव थिए ।

जेठ १० गते रुकुम पश्चिम चौरजाहारी वडा नम्बर–८ की मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न जारजरकोट भेरी नगरपालिका वडा नम्बर ४ का २१ वर्षीय नवराज विक १९ जनाको समूह लिएर चौरजाहारी पुगेका थिए । त्यसबेला केटी लाने पक्ष र केटी पक्षबीच झडप भएको थियो ।

त्यसक्रममा नवराज, टीकाराम सुनार, गणेश बुढा लगायतको शव फेला परेको थियो ।

प्रतिकृया दिनुहोस्