RaraNews

प्रकाशित : २०७७/२/३१ गते
१०६४ पटक

जातिय बिभेद वर्षै देखिको संरचना भएकाले यसको अन्त्यका गर्न निरन्तर लागि पर्नु पर्ने रुकुम पश्चिम घटनाको बिरोध सभामा बोल्ने वक्ताहरुले बताएका छन । संयुक्त राजनीतिक दलित संघर्ष समितिले शनिवार काठमाडौंको माईतीघर मण्डलामा गरेको बिरोध सभालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन ।

उनीहरुले रुकुम पश्चिम घटनाको दोषीलाई कार्यवाही गर्दै र पिडितलाई क्षतीपुर्तीको व्यवस्था गर्दैमा यो आन्दोलन सेलाउन नहुने कुरामा जोड दिएका थिए । विकाश निर्माणले मात्रै देश संबृद्धि नहुने भन्दै उनीहरुले आफु माथी बसेर केहि समुदायलाई तल राखेर संबृद्धिको सपना पुरा हुन नसक्ने जिकिर गरेका थिए ।

त्यस्तै साचो प्रेमका लागि ज्यान गुमाएका युवाहरुको सम्झनामा किन प्रेम दिवस नमनाउने ? जातिय बिभेदले गर्दा सृजिएको रुकुम पश्चिम घटनाको सम्झनामा चौरजाहारिमा स्मारक किन नबनाउने भन्ने बिषयमा प्रश्न गरेका थिए । आधा दर्जन युवाको ज्यान जाने घटनाका परिवारमा खुसि फकाउन नसके पनि दोषिलाइ कार्यवाही गरि र पिडितहरुको परिवारको गुजार बारेमा पनि सोच्नु पर्ने र पुर्खैली अहङकारलाई तोडन राजनीनिक दलहरुले पनि जिम्मेवारी लिनु पर्ने सुझाव दिएका थिए ।


गैरदलित प्रेमिकालाई भगाएर बिहे गर्न जाजरकोटबाट रुकुम पश्चिमको चौरजहारी सोती गएका नवराज विकसहित १८ जनालाई स्थानीयले कुटपिट गरेका थिए । त्यसमा नवराजसहित ६ जनाको ज्यान गएको थियो ।

बिरोध कार्यक्रममा नेपाली काग्रेसका केन्द्रिय सदस्य गगन थापा , नेपाली काग्रेसकै केन्द्रिय सदस्य ईश्वरी न्यौपाने, अधिकारकर्मी प्रा.डा.बिद्यानाथ कोईराला लगायत बिभिन्न राजनितीक दलका नेता, मानव अधिकारकर्मी,नागरिक समाज,संघसंस्थाहरु र अन्य गैरदलित समुदायले पनि एक्यवद्धता जनाएका थिए । कुम पश्चिम घटनालाई लिएर काठमाडै सहित देशै भर बिभिन्न खालका बिरोधका कार्यक्रम भैरहेका छन ।

प्रतिकृया दिनुहोस्