RaraNews

प्रकाशित : २०७७/२/३० गते
१०८५ पटक

रुकुम पश्चिमको नरसंहार घटनाले न्याय नपाउदा सम्म शशक्त आन्दोलनलाई निरन्तर दिईरहने बताएका छन । उनीहरुले पिडितहरुलाई न्याय र पिडकहरुलाई कार्वाहीको दायरामा ल्याएरै छाड्ने ठोकुवा गरेका छन ।

संयुक्त राजनीतिक दलित संघर्ष समितिले शुक्रबार काठमाडौंको माईतीघर मण्डलामा भएको धर्नामा कार्यक्रममा सो कुरा बताएका हुन । उनीहरुले जातिय बिभेद कै कारण दलित माथि बिभेद,थिचोमिचो र हत्या हिंसाका घटनाहरुको अन्त्य हुनुपर्ने कुरामा जोड दिएका थिए ।

२० औ दिनको नियमित बिरोध सभामा बोल्ने वक्ताहरुले अन्तरजातीय प्रेम सम्बन्धका कारण रुकुम चौरजहारी सोतीमा कु्रर घटना भएकाले दोषी उन्मुक्ति दिन नहुने बताएका थिए । त्यस्तै उनीहरुले जातिय विभेदको घटना अन्त्य गर्न कडा कानून ल्याउन राज्य लाग्नुपर्ने धारणा राखेका थिए । अहिले हरेक तह तप्कामा जातिय बिभेद कार्यमै रहेकाले जातीय बिभेद बिरुद्ध सबै तहका व्यक्तिहरु नै गम्भीर भएर लाग्नुपर्ने बिचार राखेका थिए ।

गैरदलित प्रेमिकालाई भगाएर बिहे गर्न जाजरकोटबाट रुकुम पश्चिमको चौरजहारी सोती गएका नवराज विकसहित १८ जनालाई स्थानीयले कुटपिट गरेका थिए । त्यसमा नवराजसहित ६ जनाको ज्यान गएको थियो ।

बिरोध कार्यक्रममा बिभिन्न राजनितीक दलका नेता, मानव अधिकारकर्मी,नागरिक समाज,संघसंस्थाहरु र अन्य गैरदलित समुदायले पनि एक्यवद्धता जनाएका थिए । रुकुम पश्चिम घटनालाई लिएर काठमाडै सहित देशै भर बिभिन्न खालका बिरोधका कार्यक्रम भैरहेका छन ।

प्रतिकृया दिनुहोस्