RaraNews

प्रकाशित : २०७७/२/३० गते
१०२१ पटक

रुकुम पश्चिम बिभत्स घटनाको बिषयमा तथ्य सत्य बाहिर ल्याएर पिडितलाई न्याय र पिडकलाई कारवाही गर्न संसदिय समितीले ईमानदारीताका साथ काम गर्ने प्रतिनिधि सभा सदस्य तथा रुकुम पश्चिम घटनामा अनुसन्धानका लागि गठित संसदीय समितीका सदस्य प्रकाश रसाईली स्नेहीले बताउनु भएको छ । जागरण मिडिया सेन्टरको साप्ताहिक रेडियो कार्यक्रम कट्वाल रेडियो पत्रिकासंगको कुराकानीमा उहाँले सो कुरा बताउनु भएको हो ।

उहाँले रुकुम पश्चिम घटना मानवता बिरुद्ध क्रुर घटना भएकाले दोषी कुनै हालतमा उम्कन नहुने धारणा राख्नु भएको छ । “पहिला पहिला बनेका समिती जस्तो यो समिती हुदैन ,यसमा दलितहरुको बहुमत छ ,हामी सत्य,तथ्य बाहिर ल्याएर प्रतिबेदन कार्यान्वयन गराउन सरकारलाई बाध्य बनाउने छौ ,यसमा तपाईहरु ढुक्क हुनुहोस ।” उहाँले भन्नु भयो ।

दलित माथी भएको यो बिभत्स घटना अन्तीम होस, यसमा सबैको सहयोग खबरदारी जरुरी छ । बिगतका घटनामा समितीहरु बन्थे प्रतिबेदन ल्याउन्थे तर बिभिन्न कारणले दराजमा थन्कीन्थे यो घटनामा त्यस्तो हुदैन न्याय दिलाउन हामी कटिबद्ध छौ । बिगतमा पनि धेरै दलित समुदायले जातकै कारण मृत्युवरण गर्नु प¥यो तर न्याय पाउन सकेनन । दलितहरु परिर्वतनका लागि कहिले कागे्रसलाई साथ दिए,कहिले १० वर्षे जनयुद्धलाई,कहिले एमालेलाई तर उनीहरु प्रयोग मात्र भए दलहरुको नजरमा दलित मुद्धा प्राथमिकतामा कहिलै परेन् । दलितहरुलाई सत्ता र चुनावका लागि मात्रै प्रयोग गरियो । अब राज्य,राजनितिक दलहरु पनि जिम्मेवार बन्नु पर्छ ।

प्रतिकृया दिनुहोस्