RaraNews

प्रकाशित : २०७७/२/२९ गते
१२१५ पटक

काठमाडौ किर्तिपुरमा रुकुम पश्चिम घटनाको नियमित बिरोध कार्यक्रम स्वरुप भएको शान्तीपुर्ण कविता वाचन कार्यक्रममा प्रहरीले धडपकड गरी दुई जनालाई गिरफतार गरेको छ ।

रुकुम नरसंहार, जातिय आधारमा हुने बिभेद र हत्या हिंसाको बिरोधमा भएको सडक कविता वाचन कार्यक्रममा कवि उषा किरणले कविता वाचन गर्दै गर्दा प्रहरीले हस्तक्षेप गरि धडपकड गरेको हो ।

नेपाल राष्ट्रिय उत्पीडित बिद्यार्थी संगठन र अनेरास्वयु उत्पीडित राष्ट्रिय सम्पर्क कमिटीले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रमा बिभिन्न क्षेत्रका कविहरु ,संघसंस्थाका प्रतिनिधीहरु, पत्रकारहरु दलित तथा गैरदलित समुदायको उपस्थिती रहेको थियो ।

दलित बिद्यार्थी संगठनहरुले त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा परिसरमा दलित माथि भएका जातिय विभेदका घटनामा नेपालकै जेठो र ठुलो विश्वविद्यालयका प्राध्यापक तथा अध्ययनरत विद्यार्थीहरु नबोलेको भन्दै बिभिन्न कार्यक्रमको आयोजना गर्दै आईरहेका छन ।

प्रतिकृया दिनुहोस्