RaraNews

प्रकाशित : २०७७/२/२९ गते
१२१७ पटक

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले रुकुम पश्चिमको बिभत्स घटनालाई न्यायको दायरामा ल्याएर यस्ता घटना हुन नदिन सरोकारवालाहरु गम्भिर रुपले लाग्नु पर्ने धारणा राख्नु भएको छ । जागरण मिडिया सेन्टरले उत्पादन गर्ने कट्वाल रेडियो पत्रिकासंंगको कुराकानीमा उहाँले सो कुरा बताउनु भएको हो ।


सदियौ देखिको कुसंस्कार जरागाडेर बसेकाले पनि समाजमा जातिय बिभेदका घटना दोहोरीएका छन । जातीय बिभेदका घटना भैरहे पनि दण्डीत गर्ने कुरा चित्त बुझ्दो नभएको धारणा राख्नु भयो ।
जातिय बिभेद बिरुद्ध थुप्रै ऐन,नियम,कानुनहरु बने पनि कार्यन्वयन हुन नसकनु दुखद भएकोे उहाँले बताउनु भयो । “मानव अधिकार सम्बन्धी बनेको बिभिन्न महासन्धीहरुमा नेपाल पक्ष राष्ट्र छ ,नेपालको कानुन त झनै एक कद अगाडी छ तर कार्यन्वयनको अवस्था दयनिय छ । ” उहाँले भन्नु भयो ।


अब यस्ता अमानविय घटना हुन नदिन सबैले बेलैमा सोच्नुपर्ने बताउदै यस्ता घटनाभए तत्काल कानुनी कार्यवाही गर्नुपर्ने धारणा राख्नु भयो । त्यस्तै बिभेद हटाउन थालेको व्यवस्था अनुसारको प्रकृया थाल्नु पर्ने र संबैधानीक व्यवस्था अनुरुप सामाजिक वरिबेश निर्माण गर्नुपर्ने बिचार व्यक्त गर्नु भयो । राज्यले अब दलित समुदायलाई बिशेष कार्यक्रमको व्यवस्था गरेर रोजगारी सृजना र हरेक सेवा सुबिधामा पहुचका लागि ठोस कदम चाल्नुपर्छ त्यसमा राजनितीक दलहरु ,कर्मचारी तन्त्र र समाजका चेतनसिल वर्ग बिभेद बिरुद्धको अभियानमा होमिनु पर्ने बताउनु भयो । आर्थिकरुपले बलियो,राजनितीक रुपमा शक्तिशाली र सामाजिकरुपमा स्थापित हुने कुरालाई राज्यले हरेक बजेटमा बिशेष कार्यक्रम ल्याउनु पर्यो ।


उहाँले दलितहरुलाई शिक्षा प्रदान गर्ने,बिकाश निर्माणमा लगाउने र स्वास्थ्य उपचारमा संलग्न गराए जातिय बिभेदको आफै कम हुने कुरामा जोड दिनुभयो । “राज्यले २ लाख शिक्षक,दुई लाख डाक्टर र दुईलाख ईन्जीनियर बनाउने रणनिती ल्याए र लागु गरे बिस्तारै जातिय बिभेद कम हुदै जान्छ । ” उहाँले भन्नु भयो । त्यसैले आगामि दिनमा राज्य र समाजका हरेक तप्का जातिय बिभृदको अभियानमा लाग्नु पर्ने बताउनु भयो ।

प्रतिकृया दिनुहोस्