RaraNews

प्रकाशित : २०७७/२/२८ गते
१५९२ पटक

प्रधानमन्त्री केपी शर्मा ओलीले रुकुमपश्चिम चौरजहारी घटनाको पृष्ठभुमि जातिय छुवाछुत तथा सामाजिक बिकृति रहेको धारणा राख्नु भएको छ । बुधबार प्रतिनिधि सभामा बोल्दै प्रधानमन्त्री ओलीेले नेपाली समाजलाई कलंकित बनाउने घटना भएकाले बताउनु भयो ।


जेठ १० चौरजहारी नगरपालिका सोतीमा छ जना युवाको ज्यान जाने गरि भएको नसंहारका बिषयमा प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्री ओलीले भन्नु भयो “दुःखत घटनाको हो, सरकारले गम्भीरताका साथ लिएको छ, त्यहि अनुरुप अनुसन्धान पनि भैरहेको छ । जसको जे दोष छ त्यही अनुसार कारवाही हुन्छ । ”


सरकारले यो घटनालाई गम्भिरताका साथ लिएको उहाँको भनाई छ । यस घटनामा गठित छानबिन समितीले अनुसन्धा गरिरहेको र सदनले गठन गरेको संसदिय समितीले पनि निष्पक्ष अनुसन्धानमा थप सहयोग पु¥याउने बताउनु भयो ।

प्रतिकृया दिनुहोस्