RaraNews

प्रकाशित : २०७७/२/२८ गते
२८७२ पटक

✍ डा. अमित विश्वकर्मा

मेरो प्यारो देश…. भनु कसरी !
जीन्दगी नै तगरो… जीउनु कसरी !
बाँच्दा सम्म छी छी दुर् दुर्
मरे पछि पनि न्याय नपाउने
धिक्कार छ,
सोध भेरीलाई म बगेँ कसरी !!

मेरी पियारी प्रिय… भनु कसरी
जात नै तगारो… भेटुँ कसरी
हिजो मात्र कसम खाएकी
यति चाँडो बिर्सियौ कि
धिक्कार छ,
सोध फेरि, भेरीलाई म बगेँ कसरी!!!

मेरो प्यारो भगवान… भनु कसरी
मन्दिर नै तगारो भो.. पुज्नु कसरी
घन्टीले त अब तिमी बिउँझीयौकी
आत्मा तिम्रो कहिँ कतै पोलियोकी ?
धिक्कार छ,
सोध फेरि पनि, भेरीलाई म बगेँ कसरी!!!

प्रतिकृया दिनुहोस्