RaraNews

जागरण मिडिया प्रकाशित : २०७४/९/२५ गते
१८९९ पटक

कञ्चनपुर ।  

एक दलित दम्पत्तिको घाँटीमा छुरा प्रहार गरेर हत्या गर्ने प्रयास भएको छ । कञ्चनपुरको बेदकोट नगरपालिका–४ बैतडा सार्कीपार्की टोलका ३५ वर्षीय गोबिन्द लुहार र ३० बर्षीया सरस्वती लुहारको घाँटीमा पुस २१ गते राती छुरा प्रहार भएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले छुरा प्रहारबाट दलित दम्पत्ति गम्भिर घाईते भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक उमाकान्त जोशीले दिएको जानकारी अनुसार घाईते दुवैको महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसकेकोले थप उपचारका लागि अन्यत्र पठाईएको छ ।

घटनाबारे प्रहरी निरीक्षक जोशीले थप अनुसन्धान भईरहेको बताए । आर्थिक रुपमा विपन्न दलित दम्पत्तिको उपचारका लागि बेदकोट नगरपालिकाले १५ हजार आर्थिक सहयोग गरेको छ । आर्थिक अभावका कारण कुनै पनि बेदकोटकाबासी नागरिकले ज्यान गुमाउनु नपर्ने उदेश्यले आर्थिक सहयोग गरेको नगरपालीकाका प्रमुख अशोक चन्दले बताए । दलित दम्पतीमाथि छुरा प्रहार गरि हत्या गर्ने उदेश्यले उतm घटना भएकाले घटनाको सत्यतथ्य छानबिन गरेर दोषी उपर कडा कारवाहीको माग समेत प्रमुख चन्दले छ ।

प्रतिकृया दिनुहोस्