RaraNews

प्रकाशित : २०७७/२/२२ गते
२१२९ पटक

राज्यले जातिय बिभेदको मुद्धा राष्ट्रिय सवाल हो भनेर बुझ्न नसक्दा कानुन कार्यान्वयन हुन नसकेको प्रतिनिधि सभा सदस्य लक्ष्मी परियारले बताउनु भएको छ । उहाँले जागरण मिडिया सेन्टरको साप्ताहिक कार्याक्तममा सो कुरा बताउनु भएको हो ।


राज्यले जातिय बिभेदको मुद्धा व्यक्तिगत र कुनै समुदाय बिशेषको मुद्धाको रुपमा हेर्नाले समस्या ज्युकात्यु रहेको धारणा राख्नु भयो । उहाँले जब सम्म जातिय बिभेदको सवाल साझा मुद्धा बन्न सक्दैन तब सम्म जातिय बिभेदको समस्या हल नहुने कुरामा जोड दिनु भयो । “राज्य जहिले पनि खुकुरी बन्यो अचानो बनेर बुझने आट कहिल्लै गरेन त्यसैले जातिय बिभेदको समस्या बढ्दै गएका छन । ” उहाँले भन्नु भयो ।


उहाँले आफुहरु बोल्ने ठाउँमा भए पनि निर्णय गर्ने ठाउँमा नहुदा कुनै कुराको पनि सम्बोधन हुन नसकेको दुखेसो पोख्नु भयो । उहाँले भन्नु भयो “हामीले दिन दिनै आवाज उठाएका छौ तर सुन्वाई हुदैन, जब सम्म निर्णय र निर्देशन गर्ने ठाउँमा दलित समुदायको प्रतिनिधित्व हुदैन तब सम्म यस्ता समस्या दोहोरी रहन्छन ।”
कतिपय जातिय बिभेदका सवालमा पाटीगत बिभाजनले गर्दा दलित नेताहरु बिच नै एकता हुन नसकेको स्मरण गर्दै आगामि दिनमा त्यसो नहुने बताउनु भयो । जातिय बिभेदका घटना बढिरहेकोमा चिन्ता व्यक्त गर्दै पाटी भन्दा माथी उठेर सबै दलका दलित नेताहरु संगठित भएर न्यायका लागि आवाज उठाईरहेको बताउनु भयो ।


उहाँले पछिल्लो समय समाजमा बिभिन्न खालका जातिय बिभेदका घटना भएकाले सबै एकजुट भएर न्यायका आगि आवाज उठाउन आह्वान गर्नु भयो ।

प्रतिकृया दिनुहोस्