RaraNews

प्रकाशित : २०७७/२/२२ गते
२४२३ पटक

सत्ता परिर्वतन भए पनि सत्तामा जानेहरुको मनस्थिती परिवर्तन हुन नसकेको दलित अधिकाकर्मी गणेश बि.क.ले बताउनु भएको छ । जागरण मिडिण सेन्टरको साप्ताहिक कार्यक्रम कट्वाल रेडियो पत्रिकासंग कुराकानी गर्दै उहाँले सो धारणा राख्नु भएको हो ।


उहाँले दलित मुद्धालाई कन्द्रिय मुद्धा बनाउन सके पनि राज्य संचालकहरुलाई मुद्धामा महसुसिकरण गराउनु नसक्नु प्रमुख चुनौतीरहेको बताउनु भयो । सत्ता बाहिर हुदा हरेक पाटीले दलितको मुद्धा प्राथमिकतामा राख्ने तर सत्तामा पुगे पछि बिर्सदै जाने परिपाटीले दलितहरुको अधिकार खुम्चिदै गएको बिचार व्यक्त गर्नु भयो ।


संबिधान र कानुनी तहमा व्यवथा राम्रा भए पनि कार्यान्वयन फितलो हुदा अझै पनि दलितको अवस्थामा परिर्वतन आउन नसकेको धारणा राख्नु भयो । उहाँले हरेक तहमा जनसंख्याको आधारमा दलितहरुको प्रतिनिधित्व नहुनु र निर्णायक तहमा दलितहरुको पहुच नपुग्दा दलितहरुको समस्या उस्तै रहने बताउनु भयो ।


आजको २१ औ सताब्दिमा पनि जातकै कारणले बिभिन्न घटना भैरहेकाले यसले गणतन्त्रकै उपहास भएको बताउनु भएको भयो । उहाँले भन्नु भयो “जातिय भेदभाव तथा छुवाछुत मुक्त राष्ट्र घोषणा गणतन्त्रको अंश भएकाले गणतन्त्रको रक्षा गर्न पनि जातिय भेदभाव तथा छुवाछुत अन्त्य गर्नु पर्छ । ” जातिय बिभेदको मुद्धा कुनै वर्ग,क्षेत्र,जात बिशेषको मुद्धा नभएकाले यसको अन्त्य गर्नु पनि सबै तह तप्का मिलेर गर्नुपर्ने बताउनु भयो ।

प्रतिकृया दिनुहोस्