RaraNews

प्रकाशित : २०७७/२/१४ गते
१५८८ पटक

पश्चिम रुकुमको चौरजहारीमा भएको नरसंहार विरुद्ध सदन देखि सडक सम्म चौतर्फि बिरोध भएको छ । मंगलबार प्रतिनिधि सभामा दलित प्रतिनिधिहरुले गृहमन्त्री राम बहादुर थापा समक्ष रुकुम घटनाको घोर आपत्ति जनाउदै निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारवाही गर्न माग गरेका थिए ।

त्यस्तै बुधबार पनि जातीय विभेदको नाममा भएको जाजरकोटका नवराज विक सहितको नरसंहारको छानविन गरि दोषीलाई कारवाहीको माग गर्दै बिभिन्न ठाउँहरुमा बिरोध,धर्ना र प्लेकार्ड सहितको विरोध प्रदर्शन गरिएको हो ।

दोषिलाई कारबाही गर्न दवाव दिने उदेश्यले स्वत स्फूर्त रुपमा नागगरिक समाज, मानव अधिकारकर्मी, दलित नागरिक अगुवा,बिभिन्न संघसंस्था, गैरदलित लगायतको सहभागिता रहेको थियो ।

भेरी नगरपालिका–४ जाजरकोटका नवराज विक गत शनिबार रुकुम पश्चिम चौरजहारी सोती गाउँकी मल्ल थरकी एक युवतीलाई विवाह गर्न भन्दै लिन पुग्दा गाउलेको सामूहिक आक्रमणबाट हत्या भएको दावी गरिएको छ ।

रुपन्देही बुटवलमा विरोध ¥यालीमा सहभागि युवाहरु

नवराज सहित ४ जनाको शव भेरी नदीमा भेटिएको छ । बुधबार मात्रै लोकेन्द्र सुनारको शव फेला परेको छ । यसअघि नवलराज विक सहित गणेश बुढामगर र चौरहजारी नगरपालिका–१ टीकाराम सुनारको शव फेला परिसकेको छ । घटनामा भेरी नगरपालिका वडा नं ११ का १८ वर्षीय सञ्जु (सन्दीप) विक र १७ वर्षीय गोविन्द शाही अझै वेपत्ता रहेका छन् भने १२ जना घाइते भएका छन् ।

नेपालका लागि संयुक्त राष्ट्र संघकी आवासीय संयोजक भ्यालेरी जुलियान्ड

त्यस्तै नेपालका लागि संयुक्त राष्ट्र संघकी आवासीय संयोजक भ्यालेरी जुलियान्डले रुकुम पश्चिमको घटनामा सरकारले निष्पक्ष रुपमा छानबिन गर्ने विश्वास व्यक्त गरेकी छिन् । उनले भनेकी छिन्, ‘म मृतकका परिवारप्रति समवेदना प्रकट गर्न चाहन्छु र विश्वास गर्छु कि नेपाल सरकारले संविधान र अन्तर्राष्ट्रिय प्रतिबद्धताबमोजिम शून्य सहनशीलता देखाउँदै यस घटनाको निष्पक्ष छानबिन गर्नेछ ।’ यो घटनालाई राष्ट्रिय मानवअधिकार आयोगलगायतले जातीय विभेद र मानवताविरोधी अपराधका रुपमा चित्रण गरेका छन् ।

प्रतिकृया दिनुहोस्