RaraNews

प्रकाशित : २०७७/२/१३ गते
२९९८ पटक

अन्र्तजातिय प्रेमका कारण जाजरकोटका २० वर्षिय नवराज विक र उनका साथीहरुको हत्या भएपछि नेपाली कलाकर्मीले यस्को खुलेर बिरोध गरिरहेका छन् । नायिका केकी अधिकारीले जातिय विभेदको नाममा हत्या नै गर्ने नेपाली समाजको चर्को बिरोध गरेकी छिन् ।

लोकप्रिय लोक गायक प्रकाश सपुतले सरकारलाई यो जुनीमा आफु मान्छे मान्ने कि नमान्ने भनेर प्रश्न गरेका छन् । जातियता र प्रेमकै कारण मान्छे मारिनु लज्जास्पद रहेको गलबन्दी गायक सपुतको ठम्याइ छ ।

हास्य कलाकार मनोज गजुरेलले अन्तरजातिय प्रेम र विवाह प्रयासमा हत्या जस्तो जघन्य अपराध रोक्न संविधानको एन्टिबायोटिक र कानुनको भ्याक्सिनले मात्र नपुग्ला जस्तो देखिएको बताएका छन् । सरकारलाई यस्को कडा भन्दा कडा उपचार गर्न सुझाव दिदैं अपराधिक कार्यको निन्दा गरेका छन् ।

नायिका बर्षा सिवाकोटीले हामी नेपाली हो नि भनेर कहिलेसम्म गर्व गर्ने भन्दै प्रश्न गरेकी छिन् । जातिय विदेभको अन्त्य कहिले हुने भन्ने उनको चिन्ता छ ।

नवराज विक र उनका अन्य दुई साथीको हत्यामा संलग्नलाई कडा भन्डा कडा कारबाही हुन नायिका पूजा शर्माले माग गरेकी छिन् । कोरोना भाइरस र छिमेको मिचाइ कि आफ्नै अन्तजातिय विभेदसँग लड्नु भन्दै पूजाले दुःख व्यक्त गरेकी छिन् ।

प्रतिकृया दिनुहोस्