RaraNews

प्रकाशित : २०७७/२/२ गते
९६१ पटक

धनकुटा । धनकुटाका प्रतिष्ठित व्यक्तिले नै एक दलित बालिकाको यौन शोषणमा संलग्नमध्ये प्रहरीले २ जनालाई पक्राउ गरेको छ । अन्य २ जना फरार भएका छन् ।

धनकुटा नगरपालिका वडा नं. ६ आत्मारा बस्ने १३ वर्षीय दलित बालिकालाई लामो समयदेखि धनकुटा नगरपालिका वडा नं. ६ स्थित माथिल्लो गोकुण्डेश्वर माविमा पढाउने मदन अधिकारी, धनकुटा वडा नं. ६ कै गौरी अत्री, सिरान बजारका देवेन्द्र श्रेष्ठ र कचिडेका भक्तबहादुर मगर ललाईफकाई गरी यौन शोषण गर्दै आएका थिए ।

चार जनाले बालिकालाई ललाईफकाई गर्दै यौन शोषण गरेको खुलेपछि स्थानीयको पहलमा जिल्ला प्रहरी कार्यालय धनकुटामा आज विहान उजुरी दर्ता भएको थियो । उजुरी दर्ता भएलगत्तै २ जनालाई पक्राउ गरेको छ भने सो घटनामा संलग्न भनिएका मदन अधिकारीसहित अर्का एक जना फरार रहेका छन् ।

पक्राउ परेका २ जनालाई प्रहरीले आवश्यक अनुसनधान गरिरहेको र फरार भएका अन्य २ जनालाई खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी ध्रुव श्रेष्ठले बताए । श्रेष्ठले उजुरी परिसकेकाले ऐन अनुसार अनुसन्धान गरेर कारवाही प्रक्रिया अघि बढाइने बताए । 

अधिकारी धनकुटा नगरपालिका वडा नं. ६ स्थित माथिल्लो गोकुण्डेश्वर माविमा पढाउने शिक्षक हुन् । उनी पूर्वमाओवादीको शिक्षक संगठनको केन्द्रिय सदस्य थिए । श्रेष्ठले सिरानबजारमा खाजा पसल सञ्चालन गर्दै आएका छन् । अत्री स्थानीय व्यवसायी हुन् ।

उनीहरुले लामो समयदेखि ती बालिकालाई ललाईफकाई गर्दै यौन शोषण गर्ने गरेका थिए । तर, ती बालिका गर्भवती भएपछि मात्रै चार जनाले बालिकालाई यौन शोषण गर्ने गरेको रहस्य खुलेको थियो ।

गरिव परिवारकी सार्की समुदायकी ती बालिकालाई युवतीलाई उनीहरुले लामो समयदेखि ललाईफकाई यौन शोषण गर्दै आएपछि कसैलाई थाहा थिएन । बालिकाको पेट बढ्दै गएपछि स्थानीयले सोधपुछ गर्दा उनी गर्भवती भएको खुलेको थियो । सो लगत्तै स्थानीयले प्रहरीमा उजुरी दिन खोजको भए पनि पीडकहरुले उजुरी नगर्न बरु पैसा दिएर मिलापत्र गराउन दवाव दिँदै आएका थिए । बालिकाको धनकुटा जिल्ला अस्पतालमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ ।

Source – Nishan News

प्रतिकृया दिनुहोस्