RaraNews

मिलन परियार प्रकाशित : २०७७/१/१० गते
११८० पटक

महिलाहरुको प्रसुति सेवाका लागि अत्यन्तै सुबिधाजनक र नमुनाका रूपमा मानिदै आएको काठमाडौंको थापाथलीस्थित प्रसुतीगृहमा उपचाररत बिमारीका कुरुवालाई अस्पताल नजिकैको सुकुम्बासी बस्ती सुकुम्बासीहरु मिलेर खाना खुवाउन थालेका छन् ।

प्रसुति गराउन भर्नाभएकाहरुलाई मात्र अस्पतालले खाना खुवाउने तर कुरुवालाई नखुवाउने हुँदा आर्थिक अभावका कारण खानामा समस्या परेपछि स्थानीय सुकुम्बासीहरुले निशुल्क खाना खुवाउन थालेका हुन् ।

कुरुवाहरु समस्यामा परेको थाहा पाएपछि मानवताको धर्म पुरा सेवानै धर्म हो भन्ने उदेश्यले आफूहरुले खाना खुवाउने अभियान शुरु गरेको स्थानीय सुकुम्बासीहरु बताउछन् । थापाथली भ्याली मंडलीको संयोजन,सुकुम्बासीका अगुवा र युवाहरुको सक्रियतामा स्थानीय वडा कार्यालय,अस्पताल प्रशासन र प्रहरीसंगको समन्वय गरी कुरुवाहरुलाई हिजोदेखी खाना खुवाउन थालिएको हो ।

कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोक्न नेपाल सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गरेर गुजारा चलाउने गरिव र बिपन्नहरुलाई अहिले बिहान बेलुकीको छाक टार्नै मुस्किल गरी रहेको छ । दैनिक काम गरी खानेहरुले रोजगारी गुम्दा आर्थिक समस्या झेली रहेका छन् ।

कोरोना महामारीका कारण यस्तो बिपद्को घडीमा आफ्नो छाकबासको समेत कुनै ठेगान नभएका स्थानीय सुकुम्बासीहरुले यसरी ठूलो मन देखाउनु सह्रानिय काम भएको समाजबादी पार्टीका केन्द्रीय सदस्य एवं शिल्पी विषेश प्रदेशका अध्यक्ष दलमर्दन कामीले बताए । उनले भने,मानवताबाद भनेको यही हो,जस्ले पीडा भोगेको हुन्छ उस्लाई मात्र पिडा महसुश हुन्छ । नेपाल सरकारले गर्न नसकेको काम गर्नु उदाहरणीय हो ।

फोटो : दलमर्दन कामीको फेसबुक वालबाट लिइएको हो ।

प्रतिकृया दिनुहोस्