RaraNews

जागरण मिडिया प्रकाशित : २०७७/१/१० गते
१३१७ पटक

हामी चार महादेशका १५ संगठनहरू निकट भविष्यमा नै अझै खराब रुप लिन गइरहेको जलवायु सङ्कटकालका लागि अहिलेदेखि नै इमानदारीपूर्वक तयार रहन सबैलाई आग्रह गर्न चाहन्छौं । कोरोना भाइरसले वैश्विक स्तरमा आपसी निर्भरताका कमजोरीहरू छर्लङ्ग पारिदिएको छ र त्यसको सबैभन्दा प्रभावकारी सुरक्षा भनेको स्थानीय समुदायहरूको पर्याप्त लचकतासहितको दीगो विकास नै हो भन्ने हाम्रो मत छ । सङ्कटको बेला राजनैतिक रूपमा असम्भव कुरा नै राजनैतिक रूपमा अपरिहार्य बन्न सक्छ ।

हालैका केही महिनाहरुले हाम्रो समाज कति कमजोर छ भन्ने देखाएको छ । चाहिएको समयमा उत्पादन, उल्लेख्य मात्रामा ऋण र बढ्दो आर्थिक अनिश्चितताले गल्तीका लागि कुनै सीमा नै बाँकी नरहेको देखाएका छन् । भाइरसले हामीलाई डो¥याएको गम्भीर आर्थिक संकटको अवस्थाबाट विदेशी नागरिकहरू प्रतिको डर र रोजगारीमा कटौतीको डरलाग्दो अवस्था सिर्जना गरेको छ । विशेष गरी समाजमा संरचनागत भेदभाव भोगिरहेका न्यून आय हुने, घरबारविहीन, अवाश्यक कागजात नभएका अथवा अपाङ्गता भएका मानिसमा यस महाव्याधिको असर बढी देखिने स्पष्ट छ । अबका दिनमा आप्रवासीहरू र शरणार्थीहरूले दुःख पाउने छन् भने धनीमानी र राम्रो सम्बन्ध हुनेहरू ऋण र सार्वजनिक कोषमा सहज पहुँचका कारण सुरक्षित रहने छन् । यही स्तरको असमानता जलवायु सङ्कटको क्षेत्रमा पनि छ जबकि यसको प्रमुख कारक तत्व भनेको सम्पूर्ण मानवतालाई नै विनाशतिर धकेल्न उद्यत ठुला कम्पनी र मुठ्ठीभर धनीमानीहरूले गर्ने कार्बन उत्सर्जन नै हो ।’आइ एक स्वीडिस पेभलपण्ट पार्टनर’ १९३८ देखि शोषण, गरिबी, जातीय विभेद, र असमानताजस्ता जलवायु सङ्कटको मूल मुद्दाहरूविरुद्ध सङ्घर्ष गर्दै आइरहेको छ । आज, ’आइएम पार्टनर इकोसिस्टम’ चार महादेशका १५ देशमा फैलिएको एक्यबद्धता सञ्जालको रुपमा रहेको छ । फरक फरक पृष्ठभूमकिा वावजूद विशेष गरी जलवायुसँग जोडिएका हाम्रा चुनौतीहरू उस्ताउस्तै छन् । हामी आम जनताको जमिन खोस्ने र पानी र हावा दुसित पारीदिने व्यापारिक निगमहरूविरुद्ध प्रतिरोध गर्दछौं ।

हामी जमिन र जैविक विविधताको रक्षा गर्छौँ र मानिसहरूलाई पानीको सही उपयोग गर्न सहयोग प्रदान गर्दछौँ । हामी सरकार र समुदायहरूलाई विपद जोखिम न्यूनीकरण, पानी व्यवस्थापन, कृषि प्रविधि र बाढी नियन्त्रणजस्ता कुरामा सुझाव तथा तालिम उपलब्ध गराउँछौँ । हामी समुदायहरूलाई जलवायु परिवर्तनका लागि बढी आत्म निर्भर र तयार रहिराख्न सहयोग गर्ने गर्दछौँ । र, हामी समानताका लागि हरेक प्रकारका निरंकुशता विरुद्ध संघर्ष गर्ने गर्दछौँ । तर, सरकारहरुले कोरोनाबाट प्राप्त अवसरलाई सही ढंगबाट ग्रहण गरेनन भने यी सबै प्रयास अपर्याप्त हुनेछन् । वर्तमानमा चालिएका कदमहरू साह्रै सुस्त र यथास्थितिलाई संरक्षण गर्ने खालका छन् । सामान्य मानिसका लागि काम लाग्ने पारस्परिक सहयोगमा आधारित नयाँ समाजको परिकल्पना गर्न प्रकृतिका भौतिक सीमाहरूको सम्मान सहितको साहसिक दृष्टिकोण आवश्यक छ । यसका लागि समृद्ध देशहरूले वैश्विक न्यूनीकरण र अनुकूलन उपायहरूका लागि आर्थिक सहयोग उपलब्ध गराएर तथा गैर–दीगो प्रकृतिको उपभोगमा उलेख्य कटौती गरेर यसको बोझलाई काँध थाप्नु पर्ने हुन्छ ।यस लक्षलाई प्राप्त गर्न हामीलाई ऐक्यबद्धता, समुदाय परिचालन, र हामीसँग उपलब्ध रहेका नवीनतम तरिकाहरूद्वारा उपलब्ध रहेका उपकरणको प्रयोगको आवश्यकता रहेको छ ।

यसका लागि वृहत सहभागिता निर्णायक हुनेभएपनि युवा र महिलाहरूलाई प्रायजसो निर्णायक प्रक्रियाहरूबाट अलग्याउने गरिएको छ । यस प्रकारका कदमको उद्देश्य राज्य र समुदायबीच पारस्परिक सहयोगको उर्वर वातावरणसहितको लचकतापूर्ण समाजको निर्माण हुनु, जुन बाह्य झड्काको बाजजुद पनि कृयाशील होस । यदि खाद्यान्नको उत्पादन सुरक्षित रहने हो भने खाद्य आपूर्ति शृंखला भङ्ग हुने जोखिमबाट जोगिन सकिन्छ, यदि पानीको प्रयोग कुशलतापूर्वक गर्ने हो भने खडेरी व्यवस्थापन तुलनात्मक रूपमा सहज हुनेछ, यदि मानिसहरूमा सङ्कटको बेला आफैँ काम गर्न सक्ने क्षमता हुन्छ भने उनीहरूको सरकारमाथि निर्भरता कम हुनेछ । दुई महिना अगाडिसम्म, सामान्य चलिरहने हरित ब्यवसायबाट वास्तविक कार्यान्वयन तर्फ ध्यान बदल्नको लागि केन्द्रित गर्न झिनो मात्र आशा रहेको थियो । अब, भविष्य झनै अनिश्चित छ । हामीसँग सामाजिक परिवर्तनका लागि एउटा अद्वितीय अवसर उपब्ध रहेको छ ।
आउनुस, यो कुरालाई बुझौँ ।
आई एम स्वीडिस डेभलपमेण्ट पार्टनर (स्विडेन)
ईन्द्रेणी ग्रामिण विकास केन्द्र (कपिलवस्तु) लगायत चार देशका १५ सगंठनहरु

प्रतिकृया दिनुहोस्