RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/१२/२६ गते
१२६४ पटक

कपिलबस्तु तौलिहवाका रिक्सा चालक पुन्टे धोवीलाई बन्दाबन्दी लम्बिदै जादा चिन्ता पनि बढ्दै गएको छ । रिक्सा चलाएर दैनिकी चलाउने उनलाई काम ठप्प हुदा परिवारको गर्जो कसरी टार्ने र रिक्सा किन्दा लिएको किस्ता कसरी तिर्ने भन्न्ो पीर छ । “नुन र भात खान पनि धौधौ भो, छ जनाको परिवार कसरी पाल्ने,किस्ता खप्टिदै गएको छ, ”उहाँले भन्नु भयो । हामी गरिब मान्छेलाई धेरै गाह्रो भयो । टेलिफोन वार्तामा चिन्ता व्यक्त गर्नुभयो ।

यता गुल्मी घर भै काठमाडौ किर्तीपुर बस्ने सरीता चौधरीलाई पनि दैनिक गुजारा चलाउन अफट्यारो भएको दुखेसो पोख्नु भयो । पुर्ण दृष्टिबिहिन उहाँले घर घरमै पुगेर अगरबत्ति बेच्दै आउनु भएको थियो । कोरोना भाईरसका कारण बन्दाबन्दी भएसंगै उहाँको सानो व्यवसाय पनि बन्द भएको छ । “काम ठप्प भयो,अलि अलि जम्मा पारेको खाने कुरा पनि सकियो,अब के खाने ,गाह्रो हुदैछ ।” उहाँले भन्नु भयो ।

त्यस्तै बर्दिया घर भै बुटवलमा ज्याला मजदुरी गर्ने राजु थापाको पनि पिडा उस्तै छ । काम गर्ने ठाउँमा नै टिनको छाप्रोमा गुजारा चलाउदै आउनुभएका उहाँले बन्दाबन्दीको समय बढ्दै जादा खानकै समस्या भएको बताउनु भयो । “पसलहरु बन्द छ सबै किनेर खाने हो , छाप्रोमा राख्ने ठाउँ नहुदा केहि सामान छैन,टीममा २५ जना जति छौ ।”उहाँले भन्नु भयो । उहाँले मजदुरहरुको समस्या कस्ले बुझ्छ र ? राहतको हल्लात थाहा पाएका छौ तर पाईने हो होईन थाहा नभएको कुरा बताउनु भयो । काम गरे पैसा हुने हो,काम छैन पैसा पनि छैन, खानलाई गाह्रो भो, यो बिपतको घडिमा साहुले पनि सहयोग गर्न नसकेका गुनासो गर्नु भयो ।

उता प्रदेश नं.दुईमा पनि स्थानिय तहले अझै सम्म पनि राह बितरण नगर्दा बिपन्न,गरिब र दैनिक ज्यालादारी मजदुरहरुको दैनिकी कष्ठकर बन्दै गएको पत्रकार भोला पासवानले जानकारी दिनु भयो । उहाँले संघिय , प्रदेशको छुट्टा छुटै निर्देशिका हुदा कार्यान्वयनमा अल्मल भएको र स्थानिय तह तथ्याङ्क संकलनमा व्यस्त भएको बताउनु भयो । उहाँले जतिसक्दो चाडो राहत बितरणमा लाग्नु पर्ने र भयावह स्थिती आउन नदिन स्थानिय तह ,जनप्रतिनिधी,सरोकारवाला सक्रिय भएर लाग्नु पर्ने धारणा राख्नु भयो ।

त्यस्तै मजदुर नेता कमल गौतमले असंगठित क्षेत्रका मजदुरहरु मारमा परेको भन्दै भोकबाट मर्न नदिन जो जहाँ छ त्यहि नै स्थानिय तहले राहत पु¥याउनु पर्ने कुरामा जोड दिनु भयो । उहाँले श्रमिकको हक,हितका लागि जस्तो सुकै सहयोग गर्न तयार रहेको बताउदै केहि समस्या भए मजदुर नेताहरुलाई खबर गर्न पनि आग्रह गर्नु भयो ।

रुपन्देही तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वदेवी चौधरीले बन्दाबन्दीको दुईसाता सम्म पनि सरकारले दिने भनेको राहत बिपन्न,गरिब र दैनिक ज्यालादारी मजदुरहरु समक्ष नपुग्नु दुखद कुरा भएकाले यथासक्दो चाडो राहत वितरण गर्न स्थानिय तहलाई आग्रह पनि गनु भयो । उहाँले कसैलाई पनि भोकले मार्न हुदैन जनचाहना अनुरुप काम गर्नु पर्छ त्यसैले जनप्रतिनीधि जिम्मेवार भएर लाग्नुपर्ने बताउनु भयो । बिपतको बेलामा जनप्रतिनिधीहरुको भुमिका महत्वपुर्ण रहेकाले जनताको विश्वास गुम्न नदिई समस्या बुझेर काम अगाडि बढाउनु पर्ने कुरामा जोड दिनुभयो ।

चौधरीले तिलोत्तमा नगरपालिकाले लकडाउन शुरु भएको तेस्रो दिनमै सबैको घरमा चुलो जल्नु पर्छ भनेर बिपन्न,गरिब र दैनिक ज्यालादारी मजदुरहरुको घर घरमै पुगेर राहत वितरण गरेको जानकारी दिनु भयो । उहाँले राहत वितरणमा ढिलाई गर्न नहुने भन्दै टोलबिकास समिती,जनप्रतिनी,संघसंस्था,नागरिक समाजको सहयोगमा छिटा भन्दा छिटो राहत वितरणमा जुट्न सबै स्थानिय तहलाई सुझाव दिनुभयो ।

प्रतिकृया दिनुहोस्