RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/१२/२१ गते
१६४४ पटक

घरमा खाने खर्च छैन, छोराछोरी भोक लाग्यो भन्छन कसरी छाक टार्ने हो ? कसरी बाच्ने हो ? यो दुखेसो हो बर्दिया घर भै बुटवलमा निर्माण मदजुरको रुपमा काम गर्ने हिरा थारु । उहाँका पाँच जनाको परिवार छ । श्रीमानसंगै मजदुरी गर्न छोराछोरीलाई लिएर बुटवल बस्दै आएको ४ वर्ष भएको बताउनु भयो । उहाँले कोरोना भाईरसको महामारीसंगै बन्दाबन्दी लम्बिदै जादा साझाबिहानको छाक टार्न पनि धौ धौ भएको गुनासो पोख्नु भयो । “काम गर्न पाए पैसा हो । अहिले काम पनि छैन, पैसा पनि छैन गाह्रो भएको छ । ” उहाँले भन्नु भयो । छोराछोरीले भोक लाग्यो खाजा, खाना के खानेर सोधछन्,मन अमिलो हुन्छ ।

काम गर्न ठाउँमा जस्ताले बारेर बसेको हिराको परिवारलाई जोहो गरेर राखेको पैसा,अन्नपात सकिए पछि कसरी पेट पाल्ने बन्ने चिन्ताले पिरोलेको छ । अरु बेला त दुख गरेर भए पनि हामीले गुजारा चलाएकै थियौ,अफ्ट्यारो पर्दा सरकाले सहयोग गर्दिए हुने ,राहतको कुरा सुनेका छौ तर कतैबाट राहत पाएका छैनौ । उहाँले आफ्नो जस्तै समस्या धेरै दैनिक ज्यालादारी मजदुरको रहेका बताउनु भयो । बाहिर निस्कन छैन,हिजो आज दिनरात यहि झुपडिमा बितेको छ ।

यता रुप बहादुर थारुको पनि गुनासो उस्तै छ । उहाँ पनि निर्माण मजदुरको लागि बुटवल आउनु भएको हो । जीविका चलाउनका लागि १३ जनाको परिवार लिएर आएको बताउनु भयो । काम नगरि साझ बिहान खान पुग्दैन । बन्दाबन्दीले गर्दा छाक टार्न गाह्रो भएको दुखेसो गर्नु भयो । “परिवार ठुलो छ , साग शब्जी महगो छ, कसरी दैनिकी चलाउने हो तनाव भएको छ ।” गाउँ जाने तयारीमा रहेका रुप बहादुर र अन्य साथीहरु बन्दाबन्दीको मारमा परेर रोकिनु परेको छ । काम छैन,पैसा छैन खानेकुरा पनि छैन । बन्दाबन्धी कतिसम्म लम्बिने हो हामी जस्तो मजदुरहरुले कसरी गुजारा चलाउने हो भनेर चिन्ता व्यक्त गर्नु भयो ।

त्यस्तै बर्दिया राजापुरका राजु थारुको चिन्ता पनि साझबिहान कसरी हातमुख जोर्र्ने भन्ने नै छ । परिवार पाल्नका लागि मजदुरी गर्न उहाँ पनि बुटवल आउनु भएको हो । बन्दाबन्दीमा उता परिवारले के खाएका होलान भन्ने पिर छ, यता आफुले के खाने,के गर्ने भन्ने उस्तै पिर छ । उहाँकोले पनि काम नभए पछि पैसाको समस्या भएको र जेनतेन सरसापटि गरेर अहिले सम्म चलाएको छु अब के गर्ने हो ? साहुले पनि सबैलाई पाल्न सक्दैनन् । कसरी चल्ने हो थाहा छैन भन्दै चिन्ता व्यक्त गर्नु भयो ।

हिरा ,रुप र राजु जस्ता असंगठित क्षेत्रका निर्माण मजदुरहरुको समस्या उस्तै छ । दिनभरी काम गरेर साझको छाक टार्नेहरुलाई दुईसाता लामो बन्दाबन्दीले निकै मारमा पारेको छ । उनीहरुले अहिले सम्म कहिकतैबाट राहत पाएका छन त ? न त गृह जिल्ला फर्कन पाएका छन ।

प्रतिकृया दिनुहोस्