RaraNews

जागरण मिडिया प्रकाशित : २०७४/९/१९ गते
१७६६ पटक

काठमांडौ ।

 

प्रदेश तथा प्रतिनिधि सभाको समानुपातिक तर्फ दलहरुले पाएको सिटमा दलित समुदायका उम्मेदवारहरु प्राथमिकतामा नपरेको दलित अगुवा गणेश विकेले वताउनु भएको छ ।

जागरण मिडिया सेन्टरसंग बुधबार कुराकानी गर्दै अगुवा विकेले पहिलो प्राथमिकतामा खस आर्य समुदाय, दोस्रोमा आदिवासी जनजाती, तेस्रोमा मधेसी अनि मात्रै राजनितीक दलहरुले दलितलाई स्थान दिन गरेको वताउनु भएको हो ।

विकेका अनुसार यसरी दलित समुदाय समानुपातिक सिटमा समेत कम प्राथमिकतामा पर्दा प्रदेश तथा प्रतिनिधि सभामा दलितको कमजोर प्रतिनिधित्व हुने निश्चित छ । प्रत्यक्ष निर्वाचनवाट प्रतिनिधिसभामा ३ जना निर्वाचित सदस्य छन् भने प्रदेशसभामा जम्मा ४ जना निर्वाचित सदस्य छन् ।

प्रतिकृया दिनुहोस्