RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/१२/१४ गते
१३७२ पटक

छिमेकी राष्ट्र चीनबाट सुरु भएकोे कोभिड – १९ (कारोना भाईरस) विश्वव्यापी माहामारीको रुपमा फैलिएको छ । पहिलो पटक माहामारीकोे रुप लिएको कारोना भाईरसबारे धेरै जना त्रसित र आतंकित पनि भएका छन । त्यस्तै के गर्ने के नगर्ने धेरै जना अल्मल पनि भएका छन । हामीले जागरण मिडियया सेन्टरको साप्ताहिक कार्यक्रम ‘कट्वाल रेडियो पत्रिकामा’ नर्भिक ईन्टरनेस्नल हस्पिटलका वरिष्ठ छातीरोग बिशेषज्ञ रमेश चोखानीसंग कारोना भाईरस बारे कुराकानी गरेका छौ ।

कारोना भाईरस कस्तो खालको भाईरस हो ?

यो नयाँ भाईरस हाईन बिभिन्न भाईरस समुह मध्ये बढिमा ६० प्रकारका हन्छ । पहिला पनि यो भाईरस देखिएको थियो । अहिले त्यहि परिवार अन्र्तगको भाईरस जनावरबाट मानिसमा आएको छ । यसमा समस्या के छ भने धेरै चाडै मानिसबाट मानिसमा सर्दैछ । एक्दम चाडै फैलिदै छ । साधारण रुघाखोकी,ज्वरो आएको मानिस पनि साधारणतया ८०% मानिस आफै ठिक भैहाल्छ । कमन फुलु जस्तै लक्षण देखापरेर ८÷१० दिनमा आफै ठिक भैहाल्छ । तर अन्दाजी १५% देखि २०% बिरामीलाई अलि गम्भीर पार्न सक्छ । उनीहरुलाई अस्पतालमा बस्नुपर्ने हुन्छ । अन्दाजी ५% लाई आईस्युमा बस्नुपर्ने हुन सक्छ । उनीहरुलाई भ्यान्टीलेटरबाट सहयोग गर्नुपर्ने हुन्छ । ५÷७ दिनको सहयोग पछि बिरामी आफै निको हुन्छ । यसमा कुनै औषधी छैन,कुनै एन्टीबाईटीक छैन । जसले गर्दा यो भाईरस ठिक भैहाल्ने । जसरी हो बिरामीलाई बचाएर राख्ने पछि त्यसको असर कम भएपछि बिरामी ठिक भैहाल्छ ।

कोरोना भाईरस र फ्लुबिच के फरक छ ?

फ्लु एउटा ईनफ्लेन्जा भाईरस हो कोरोना बेग्लै भाईरस हो । जसरी ब्याक्टेरीया बेग्लै बेग्लै हुन्छ नि त्यसरी नै भाईरस पनि छट्टा छुटै हुन्छ । तर लक्षणहरु मिल्दोजुल्दो देखिन्छ । तर भाईरस बेग्लै हो ।  अहिले विश्व अतालिएको बेला नेपाली समाज पनि त्रसित भएको छ कसरी हर्नु भाछ नि ?
अलिकति स्वभाबिक पनि छ तर मलाई लाग्छ त्यस्तो त्रसित हुनुहुदैन । अहिले धैर्य हुनुपर्छ मन शान्त राख्नुपर्छ । सबै भन्दा राम्रो रणनिती भनेको मान्छेहरुलाई धेरै भेटघाट नगर्ने,समुहमा नभेट्ने, सकेसम्म आफ्नै घरमा बस्ने कुराकानी गर्दा पनि कम्तीमा पनि २ मिटर अथवा ६ फिट दुरी कायम गर्ने यस्तो कुराको ध्यान दिए त्यति खतरा हुदैन । नेपाल पनि जोखिममा भएकाले सर्तकता अपनाउनु पर्छ ।

कोरोना भाईरस संक्रमण भए पछि पनि थाहा नहुने अवधि कति हुन्छ ?

हामी त्यसलाई ईन्क्युभेसन पिरेड भन्छौ अन्दाजी दुई हप्ता पछि थाहा हुन सक्छ भने कसैलाई ४÷५ दिनमा पनि देखिन सक्छ । तर दुई हप्ता पछि रोग थाहा भए पनि संक्रमीतले अरुलाई रोग फैलाउन सक्छ । संक्रमीतले जो भेट्छ उसलाई सार्न सक्छ त्यसकारण अलि खतरा छ ।
एक पटक संक्रमित भएको व्यक्ति पुर्ण निको भयो, फेरी संक्रमण हुने डर कत्तिको हुन्छ ?
धेरै कम हुन्छ । एक पटक रोग भैसके पछि उसको शरिरमा एन्टीबडि बन्छ । तीनीहरुले जोगाउन्छ । एकपटक यस्तो रोग भए पछि फेरी हुने चान्स एकदमै कम हुन्छ ।

के के लक्षण देखापर्छन ?

साधारण रुघाखोकीको लक्षण हुन्छ । घाटी दुख्ने,टाउको दुख्ने,शरिर दुख्ने,ज्वरो आउने ,निमोनिया हुने र कसै कसैलाई अलि बढि भए सास फेर्न गाह्रो हुने यस्तै लक्षणहरु देखापर्छ ।

कस्ता बिरामी अथवा कुन उमेर समुहलाई अलि बढि जोखिम देखिन्छ नि ?

खास गरि ६०÷६५ वर्षका बृद्धहरुमा बढि जाखिम देखिन्छ । त्यस्तै पहिलै पुराना रोग भएका बिरामीहरु जस्तै मुटु,फोक्सो,मृगौला,कलेजो रोग छ । क्यानसको उपचार भैरहेको बिरामी,प्रत्यारोपण गरेका, मधुमेह भएका बिरामीहरुलाई बढि जोखिम हुन्छ । अथवा समुहमा बस्नेहरु,जेलमा बस्ने,छात्रबासमा बस्नेहरुलाई बढि जोखिम हुन्छ । कोरोना भाईरस संक्रमण नहोस भनेर कस्ता कस्ता साबधानी अपनाउनु पर्छ । रुघाखोकी लागे टाढा बस्ने,बाहिर नजाने,खोक्दा टिसुपेपरको प्रयोग गर्ने,प्रयोग गरेको टिसुपेपर जथाभाबि नफाल्ने व्यवस्थित तरिकाले व्यवस्थापन गर्ने , संक्रमण फैलिएको देशबाट कोहि आएको छ भने सम्र्पकमा नबस्ने आदि गर्न सकिन्छ ।

सेल्फ क्वारिनटाईनमा बस्दा के के सावधानी अपनाउने नि ?

एक्लै बस्दा सर्ने जोखिम कम हुन्छ । सरसफाईमा ख्याल गर्ने, स्वास्थ्यको ध्यान राख्ने ,सामान्य ज्वरो र रुघाखोकी देखियो भने आफ्नो सम्पर्कमा रहेको डाक्टरको सल्लाह बमोजिम औषधी खाने ।

एन्टिबाइटिक प्रयोग गर्नु हुन्छकि हुदैन कोरोना भाईरस संक्रमित व्यक्तिले ?

यो रोगमा कुनै पनि एन्टिबाइटिकले केहि गर्दैन । रुघाखोकी,ज्वरो बढि भए कम गर्ने,सजिलो बनाउने औषधी दिने हो ।यसमा एन्टिबाइटिकको केहि काम छैन ।

यहाँ लामो समय देखि स्वास्थ्य क्षेत्रमा नै कार्यरत हुनुहुन्छ पछिल्लो समय कारोना भाईरसको हल्लासंगै तपाईले त्यस्तो कुनै संकास्पद व्यक्ति भेटाउनु भाछ कि छैन ?

हाम्रोमा एउटा १२ वर्षको बच्चा आसियुमा भर्ना भएको थियो । अहिले पनि छ । उसलाई कडा किसिमको निमोनिया थियो । उसको स्कुलमा पनि दुई जना साथीलाई पनि संगै निमोनिया भएको रहेछ । त्यसैले गर्दा हामीले परिक्षण गर्न पठायौं त्यसमा कोरोना भाईरस भेटेन फ्लु भेट्यो । ईश्वरको कृपाले सुधार हुदैछ ।

धेरैजना एकदमै आतंकित र त्रसित भएको अवस्था छ , कोरोना भाईरसबाट बच्न कसरी सर्तक रहन सकिन्छ ?

अहिले त्यति डराउनुपर्ने स्थिती आएको छैन फेरी पनि बचाउको लागि घरबाट बाहिर ननिस्कने ,आफुलाई आईस्वलेट गरेर राख्ने त्यसमा ध्यान दिनुप¥यो । आईहाल्यो भने पनि सरकारको सहयोग लिएर हामी स्वास्थ्यकर्मीले उपचार गछौ त्यसैले डराउनुपर्दैन । तर ध्यान चाहि राख्नु पर्छ । व्यक्तिगत सरसफाईमा ध्यान दिने ।

कपडाको माक्स प्रयोग गर्नु हुदैन भन्ने कुरा पनि छ ?

हो , मलाई पनि कपडाको माक्सले खासै बचाउ गर्छ जस्तो लाग्दै । किनकि कपडाको माक्समा फोहोर जम्मा हुन्छ जसले गर्दा किटाणुहरु शरिरमा प्रवेश गर्छन । सर्जिकल माक्स पनि ३÷४ घण्टाको लागि हो । तर मैले तीन,चार दिन सम्म पनि एउटै माक्स प्रयोग गरेको देखेको छु । त्यसो गर्नु हुदैन । माक्स लगाए पछि पनि हातले छुनु हुदैन ।

कोरोना भाईरसको महामारीलाई रोक्न यहाँ जस्तै स्वास्थ्यकर्मी र निजि अस्पतालको भुमिका कस्तो हुन्छ ?

धेरै ठुलो भमिका हामी सबैको छ किनकि यसबारेमा धेरै स्वास्थ्यकर्मीलाई थाहा पनि छैन । यसबारेमा स्वास्थ्यकर्मीलाई पनि जानकारी दिने,त्यसैले एउटा पद्धति निर्माण गरेर तालिम दिनुप¥यो । यस्ता बिरामीको उपचार कसरी गर्ने भनेर अस्पतालहरु पनि व्यवस्थित गर्नु प¥यो ।

अन्त्यमा आम जनतालाई के सुझाव छ ?
माहामारीको समय छ सबैले सचेतना हुनुपर्छ । व्यक्तिगत सरसफाईमा ध्यान दिनुस । सामान्य बिरामी, सामान्य अप्रेसन छ भने पनि अहिले नगर्नुस समय सार्दिनुस पछि गर्दा पनि हुन्छ । सकेसम्म अस्पताल नजानुस । आफ्नो ख्याल गर्नुहोस ।

प्रतिकृया दिनुहोस्