RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/१२/१३ गते
२३१९ पटक

जातकै आधारमा कोठा भाडामा बस्दा बिभेद भोगेकी कैलाली घोडाघोडीकी दिपा नेपाली काठमाडौ जिल्ला अदालतको पछिल्ले आदेशले थप शशंकीत बनेकी छन । काठमाडौं जिल्ला अदालतद्वारा थुनछेक बहसको आदेशमा प्रतिवादी श्रीकृष्ण बिडारी सहित चार जनालाई जनहि ३५ हजारका दरले एक लाख चालीस हजार धरौती तोकी अदालतले तारिखमा छोड्न आदेश दिएको हो । कोरना भाइरसबारे सर्वोच्च अदालतको निर्णय अनुसार उनीहरुलाई छाडिएको भए पनि अब निष्पक्ष अनुसन्धान हुनेमा उनले संका  गरेकी छन । “न्याय पाउन्छुकी भन्ने आशा थियो तर अब कतै केश नै ढिस्मीस हुन्छ की ? न्याय नपाउने हो की भन्ने चिन्ता छ ।” उनले भनिन् । उनले अदालती प्रकृया सर्वसाधारणलाई बुझ्न गाह्रो हुने भएकाले पनि आफु अझै अन्योलमै रहेको बताईन ।

काठमाडौं जिल्ला अदालतद्वारा थुनछेक बहसको आदेश एक लाख चालीस हजार धरौती

जातिय भेदभाव तथा दुव्र्यवहार गर्ने गृहमन्त्रालयका अधिकृत काठमाडौंका तार्केश्वर न.पा.१० का श्रीकृष्ण विडारी सहित चार जनालाई काठमाडौं जिल्ला अदालतद्वारा थुनछेक बहसको आदेशमा एक लाख चालीस हजार धरौती तोकी तारिखमा छोडिएको छ ।

श्रीकृष्ण विडारी सहित उनकी श्रीमती राधिका विडारी,जनकराज ढुङ्गाना र सन्तोषी ढुङ्गाना खनाललाई जनही रु.३५,००० का दरले जम्मा एक लाख चालीस हजार रुपैयां (रु.१,४०,०००) धरौती तोकी तारिखमा छोड्न अदालतले आदेश दिएको हो ।

कोरोना भाइरसको कहरमा सर्वोच्च अदालतको निर्णय अनुसार कारागारमा रहेका बन्दीहरुलाई सजाएको प्रकृति हेरी आवश्यकता अनुसार माफी दिई छोड्ने,कष्टडी वा थुनछेकमा रहेका अभियुक्तलाई परिस्थिति अनुरुप आदेश दिने निर्णय बमोजिम काठमाडौं जिल्ला अदालतको आदेश दिएको हो ।
जातिय भेदभाव तथा छुवाछूत सम्बन्धि (कसुर( सजाए) ऐन २०६८ को मुद्दामा सरकारी वकिल श्री विनिता कपालीले बहस गर्नु भएको थियो। वादी दिपा नेपालीका तर्फबाट अधिवक्ता प्रकाश नेपाली,अधिवक्ता सीताराम घले,अधिवक्ता चक्रमान बिश्वकर्मा,अधिवक्ता राम बहादुर मिजारले बहस गर्नु भएको थियो । त्यसैगरि अधिवक्ताद्वय वाल्मीकि आउजी र सुन्दर सेनी हुनुहुन्थ्यो ।
प्रतिवादी श्रीकृष्ण विडारी लगायतका तर्फबाट बरिस्ठ अधिवक्ता लव मैनाली सहित तीन जनाले बहस गर्नु भएको थियो । धरौती तोकी कानुनी कठघरामा ल्याउनु एक चरणको उपलब्धी -अधिवक्ता नेपाली

यता दिपा नेपालीको जातिय बिभेदको मुद्धामा संलग्न अधिवक्ता प्रकाश नेपालीले कानुनी प्रकृया अनुसार प्रतिवादी श्रीकृष्ण विडारी सहित उनकी श्रीमती राधिका विडारी,जनकराज ढुङ्गाना र सन्तोषी ढुङ्गाना खनाललाई जनही रु.३५,००० का दरले जम्मा एक लाख चालीस हजार रुपैयां (रु.१,४०,०००) धरौती तोकी तारिखमा छोड्न अदालतले आदेश दिएको बताउनु भयो । उहाँले प्रतिवादी चारजनालाई धरौती तोकी कानुनी कठघरामा ल्याउन सक्नु पनि एक चरणको उपलब्धी भएको बताउनु भयो । अझै कानुनी प्रकृयाबाकी रहेको र मुद्धा अझै टुङ्गोमा नपुगेकाले पनि कानुन बमोजिम न्याय पाईने बताउनु भयो ।

प्रतिकृया दिनुहोस्