RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/१२/५ गते
१६२२ पटक

प्रतिनिधि सभाका सदस्य अन्जना बिशंखेले जातिय बिभेदको मुद्धा साझा बनाउन संसदमा संकल्प प्रस्ताव दर्ता गराएको जानकारी दिनु भयो । बुधबार जागरण मिडिया सेन्टरको साप्ताहिक कार्यक्रम कट्वाल रेडियो पत्रिकासंगको कुराकानीमा सो कुरा बताउनु भएको हो । उहाँले आफ्नै नेतृत्वमा फरक राजनितीक दल, जातजाती र लिङ्गलाई समेटेर करिब ४०÷५० जनाको हस्ताक्षरमा संकल्प प्रस्ताव दर्ता गराएको बताउनु भयो । संकल्प प्रस्तावले व्यवस्थित तरिकाले हाउसमा छलफलको वातावरण बनाउन र कानुनलाई प्रभावकारी बनाउन अनुगमन गरि कडाईका साथ लागु गर्न सहयोग पुग्ने छ ।
उहाँले दलित समुदायले संबिधानतह आंशिक सफलता प्राप्त गरे पनि कार्यान्वयमा समस्या रहेकाले अभियानकै रुपमा लैजानु पर्ने धारणा राख्नु भयो । “जनयुद्धको बेला जातिय बिभेद बिरुद्धको अभियान डर,त्रासको रुपमा लागु भएको थियो,जातीय बिभेद गर्ने डराउन्थे तर अहिले उत्पिडन गर्नेहरु जुर्मुराएका छन त्यो अभियानले चेतनास्तरको रुपमा विकास हुन सकेन मानसिकता बदल्ने कुरा झनै गाह्रो छ ।” उहाँ भन्नु भयो । उहाँले कानुन बनाएर दलित समुदायलाई दमन गर्ने राज्यसत्तामा कानुन बनाएरै दण्डनिय बनाईएकाले अब कार्यान्वयन जुट्नुपर्ने बताउनुु भयो । उहाँले कानुन निर्माण प्रकृया भएकाले संबिधानले दिएका अधिकार कार्यान्वयमा आफु प्रत्यक पाईला÷पाईलामा सचेत हुदै सक्रिय रहने प्रतिवद्धता जनाउनु भयो ।

लाज लाग्दो बिषय जातिय बिभेदको सवाल ः दलित नागरिक समाजका अध्यक्ष नेपाली

नागरिक समाजका अध्यक्ष मोती नेपालीले जातिय बिभेदको मुद्धा राज्यको लाज लाग्दो अवस्था भएकाले यसलाई मेट्न सबै एकजुट भएर लाग्नु पर्ने बताउनु भयो । उहाँले जातिय बिभेद बिरुद्धको अभियानमा दलित नागरिक समाजले दलित,गैरदलित,बुद्धिजीवि, सामाज परिर्वतनका अभियान्ताहरुसंग सहकार्य गरेर अगाडि बढिरहेको जानकारी दिनुभयो । जातिय बिभेदका घटनामा सबै रावनितीक दल,संघसंस्था,नागरिक समाज संगठित भएर अघि बढे पनि जनचाहना अनुरुप शशक्ति भएर कानुन कार्यान्वयनमा लाग्न नसकेको स्वीकार्नु भयो । “प्रतिपक्ष सक्रिय भएर लाग्न नसक्नु र सत्ता पक्षले हाम्रो सरकार छ,गरिहाल्छ नि भनेर आश गरेर बस्दा जनचाहना अनुरुप काम नभएको हो ।”उहाँले भन्नु भयो ।
उहाँले संबिधान निर्माणको क्रममा संगठित भएर आवाज उठाएको स्मरण गर्दै अब पनि जातिय बिभेदको घटना जहाँ घट्यो त्यहाँ पुग्ने ,संबिधान कार्यान्वयनमा दबाब दिने, कानुन निर्माण प्रकृयामा सचेत हुने ,संगठित आवाज उठाउने,सांस्कृतिक र मिडिया वकालत गर्ने बताउनु भयो । जातिय बिभेद गर्नेे तरिका फेरियो ः राष्ट्रिय मानव अधिकार आयोग सुचना अधिकार डा. पोख्रेल

राष्ट्रिय मानव अधिकार आयोग सुचना अधिकार डा.टिकाराम पोख्रेलले दलितका धेरैजसो घटना मेलमिलापमा टुङिएको अनुभव सुनाउनु भयो । धेरै दलितका मुद्धाहरु मानवअधिकार कार्यालय सम्म नआउने गरेको र आफुहरु घट्नाहरु खेज्दै हिड्नु परेको बताउनु भयो । उहाँले समाजमा दलित र गैरदलित बिचको बिभेद वर्षै देखिको भएकाले धर्म,संस्कृतिको डर देखाएर शोषण गरेको बताउनु भयो । दलितको जातिय बिभेदको घटनाको प्रकृति फेरिएको बताउनु भयो । “हिजो आज बिभेदको प्रकृति फेरिएको छ ,सिधै यो नछोउ,यसो नगर भन्दैनन तर घुमाएर त्यस्तो वातावरण सृजना गर्छन । त्यसले झनै मानसिक तनाव हुन्छ,अदृश्य बिभेद बढ्दो छ ।” उहाँले भन्नु भयो । उहाँले सरकारले प्रभावकारी कानुन बनाएर कार्यान्वय गर्नु पर्ने ,दलित समुदाय थप सचेत हुनुपर्ने,संबैधानिक निकायहरुले अनुगमन,अनुसन्धा गर्ने र घटना घटे तत्काल कानुनी दायरामा ल्याउनु पर्ने,नागरिक समाज सचेत र क्रियाशिल हुनुपर्ने, समाजका हरेक व्यक्ति चेतनशिल भए जातिय बिभेद अन्त्य हुने धारण राख्नु भयो

प्रतिकृया दिनुहोस्