RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/११/२२ गते
१५८२ पटक

प्रतिनिधि सभाका सदस्य आशाा बि.क.ले योजना र बजेट बाडफाडमा समानुपातिक सांसदहरुलाई बिभेद भएको गुनासो गर्नु भएको छ । बुधबार जागरण मिडिया सेन्टरले उत्पादन गर्ने रेडियो कार्यक्रम कट्वाल रेडियो पत्रिकामा सो गुनासो गर्नु भएको हो । उहाँले प्रत्यक्षका सांसदहरुलाई पूर्वाधार विकास कोष भनेर पाँच करोड बाड्ने तर समानुपातिक सांसद बिभेद गर्ने गरेको दुखेसो पोख्नु भयो । समानुपातिक सांसदहरु महिला,दलित,जनजाती, मधेशि,मुस्लीम र सिमान्तकृत समुदायबाट आउने भएकाले यसको असर त्यो पछाडि पारिएको समुदायलाई पर्ने बताउनु भयो ।

उहाँले भन्नु भयो “ जनताको माझमा पुग्ने भनेको योजना र बजेट मार्फत नै हो । अहिलेको जनताले भाषण भन्दा पनि तत्काल देखिने काम कस्ले गर्छ त्यसलाई नै नेता भन्छन । हामीले त्यसो गर्न सकेका छैनौ । ”  सदियौ देखि समाजमा बिभेद व्याप्त रहेकाले यस्ता बिभेद अन्त्य गर्न जरुरी रहेको बताउनु भयो । अब स्थानिय तहमा योजना तर्जुमा गर्ने बेला भएकोले सबैले समानुपातिक र सहभागिता मुलक योजना तर्जुममा जोड दिनु पर्ने धारणा राख्नु भयो । कानुनमा बिभेद छैन,पछाडि पारिएको वर्ग,क्षेत्र,लिङ्गलाई प्राथमिकता दिईने छ भनिएको छ समाजमा व्यक्तिले गर्ने बिभेदको अन्त्य गर्न जरुरी भएकाले सबै एकजुट भएर लाग्नु पर्ने बिचार राख्नु भयो ।

योजना र बजेट निर्माण गर्दा महिला,दलित,जनजाती, मधेशि,मुस्लीम र सिमान्तकृत समुदाय पनि आफ्ना समस्या योजनामा पार्न सक्रिय हुनुपर्ने,स्थानिय तह,नागरिक समाज,राजनितिक दल र सरोकारवालले पनि समाबेशी,सहभागितामुलक योजना र बजेट तर्जुमा जोड दिनुपर्ने सुझाव दिनु भयो ।

प्रतिकृया दिनुहोस्