RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/११/२१ गते
९७० पटक
काठमाडौ

पत्रकार महिलाहरुको संख्यामा बृद्धि भए पनि गुणस्तरमा बृद्धि हुन नसको एक कार्यक्रमा बोल्ने वक्ताहरुले चिन्ता व्यक्त गरेका छन । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)ले समाचार कक्षमा पत्रकार महिलाको अवस्थाबारे गरेको अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्ने वक्ताहरुले सो चिन्ता व्यक्त गरेका हुन ।
देशका पैतालिस जिल्लामा रहेर पत्रिका,रेडियो,टेलिभिजन र अनलाईन क्षेत्रमा कार्यरत पाँच सय महिला पत्रकारका बिचमा अध्ययन गरिएको थियो । अध्ययनले सबै भन्दा धेरै ६०.७ % रेडियो र सबै भन्दा कम १८.२% टेलिभिजनमा कार्यरत रहेको पाईएको छ । त्यस्तै तीन जनामा १ जना अर्थात ३५% महिला प्रमुख समाचारदाताको रुपमा कार्यरत रहेको पाईएको छ । महिला तथा बालबालिकाको बिट सबै भन्दा धेरै ६७.६% महिला पत्रकारको रोजाईमा परेको पाईएको छ । अध्ययनले महिला पत्रकारहरुको संख्यामा बृद्धि भए पनि क्षमतामा बृद्धि हुन नसकेको देखाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले महिला पत्रकारको अवस्थाबारे गरिएको अध्ययनले सरकार र संचार गृहलाई पनि निति निर्माण गर्न पनि मार्ग दर्शन बन्न सक्ने धारणा राख्नु भयो ।

कार्यक्रममा नेपाल टेलिभिजनका अध्यक्ष डा.महेन्द्र बिष्टले महिला भएकै कारण लैङ्गीक , पारिश्रमिकमा बिभेद भएको अबस्थामा चुप लागेर बस्न नहुने बताउनु भयो । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अवसर पारेर गरिएको कार्यक्रममा अनुसन्धानमा सहभागि योगेन्द्र नापितले पत्रकार महिलाको रुचि, विट, तलव, जिम्मेवारीलाई आधार मानेर अनुसन्धान गरिएको जानकारी दिनु भयो ।सार्वजनिक अनुसन्धानमाथि पत्रकारहरु श्री आचार्य,र हेमलता राईले टिप्पणी गर्नु भएको थियो ।

क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)का अध्यक्ष अमिका राजथलाको अध्यक्षता महासचिव रामकला खड्काको संचालनमा भएको कार्यक्रममा संस्थाका सल्लाहकारहरु संगिता लामा,मन्टेश्वरी राजभन्डारी,राष्ट्रिय समाचार समितिका महाप्रबन्धक श्रीराम आचार्य, नेपाल प्रेस काउन्सीलका किशोर श्रेष्ठ,पत्रकार महासंघका महासचिव रमेश बिष्ट,संचारीका समुहका सचिव यशोदा अधिकारी लगायतले मन्तव्य राख्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्