RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/११/१५ गते
११८९ पटक

स्वच्छ व्यापारका लागि सरकार सधै सहयोगि बन्ने महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ बताउनु भएको छ । काठमाडौमा भएको निष्पक्षव्यापार राष्ट्रिय गोष्ठीको उद्घाटनसत्रमा बोल्दै मन्त्री गुरुङले व्यवसायिलाई निरास नहुनआग्रह गर्नु भयो । उहाँले बदलिदो कानुनी व्यवस्थाका कारण व्यवसायिहरु त्रसित बन्दै गएको धारणा राख्दै सरकारले व्यवसायिको अहितमा कुनै पनि काम नगर्ने धारणा राख्नु भयो ।

उहाँले समाज कल्याण परिषदले ल्याएको संघ÷संस्था दर्ता ऐन विवादित बने पछि अहिलेलाई स्थगितभएको र थप छलफल गरेर नयाँ ढङ्गबाट अगाडि बढ्ने जानकारी दिनु भयो ।उहाँले महिलाहरुलाई शशक्तिकरणसगै आर्थिक शशक्तिकरणमा पनि जोड दिनु पर्ने बताउनु भयो । स्वच्छ व्यापारले नेपाल सरकारमो दिगो विकासका लक्ष्य हासिल गर्न सहयोग पुग्ने भनाई राख्नु भयो । स्वच्छ व्यापारको लागि अझै व्यवसायिक वातावरण बनाउन पहल गर्ने प्रतिबद्धता गर्नु भयो । उहाँले आफु मन्त्री भएको सयदिनको दिन बिशेष कार्ययोजना बनाएर अगाडि बढ्ने जानकारी दिनु भयो ।

कार्यक्रममा आईएम स्वीडिस विकास बिभागका देशिय निर्देशक गोबिन्द न्यौपानेले लाखौ युवा बैदेशिक रोजगार जानुपर्ने बाध्यतालाई हटाउन अहिलेबाट सोच्नु पर्ने बताउनु भयो । उहाँले स्थानिय स्र्रोत साधन,सिप र प्रबिधिको बिकास गर्दै आर्थिक विकासमा जोड दिने पर्ने धारणा राख्नु भयो । आर्थिक,सामाजिक,सांस्कृतीक विकार विना दिगो विकासका लक्ष्य प्राप्त गर्न नसकिने विचार राख्नु भयो ।

स्वच्छ व्यवसायी समुह नेपालका उपाध्यक्ष डा।सुनिलचित्रकारले स्वच्छ व्यवसायले गरिबी उन्मुलनमा सहयोग पु¥याएको जानकारी दिनु भयो । महिलाको सिप विकासको रुपमा शुरुभएको व्यवसाय ३६ जिल्लामा फैलिएर १० हजार बढिलाई रोजगारी दिन सकेको जानकारी दिनु भयो ।
गोष्ठिमा त्रिभुवन विश्व विद्यालयका प्राध्यापक सन्जय गोर्खालीले निष्पक्ष व्यापार र एजेन्डा २०३० बारे कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

छलफलमा उठेका कुरालाई त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रिय बिभाग प्रमुख कुसुम शाक्य, उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्याल,स्वच्छ व्यवसायी समुह नेपालका उपाध्यक्ष डा।सुनिलचित्रकारले सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा बिभिन्न व्यवसायिक,उद्यमी, निजीसंघ÷संस्थाका प्रतिनिधि,सरकारी तथा गैरसरकारी संघ÷संस्थाा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रम स्वच्छ व्यवसायी समुह नेपालका अध्यक्ष चित्रबहादुर के।सि।को अध्यक्षता महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ प्रमुख आतिथ्यता सचिव कमल नारायण श्रेष्ठको धन्यवाद ज्ञापन र उरुसा महर्जनको संचालनमा कार्यक्रम सम्पन्नभएको थियो ।

प्रतिकृया दिनुहोस्