RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/११/१५ गते
१५०८ पटक

धनगढिकी दिपा परियारलाई जातकै कारण घरबेटीले कोठा छोड्न दबाब दिएका छन । गत मंसिर १३ गते काठमाडौ तारकेश्वरका कृष्ण बिडारीको घरमा बस्न थालेकी उनलाई  सोही दिनै परिचयको  क्रममा थर थाहा पाए पछि कोठा छोड्न दबाब आएको हो ।

जात थाहा पाए पछि घरबेटीले तिमीहरु दलित रहेछौ कोठा छोड्नुपर्यो नत्र यहाँ बस्ने अरुले पनि कोठा छोड्छन भनेर पटक पटक भन्न थाले । त्यतिबेला  दिपाको स्नातक तहको परिक्षा चलिरहेको थियो, कोठा छोड्ने  स्थिती थिएन । उनले भनिन् “मेरो समस्या मानव अधिकार आयोगलाई भने उहाँहरुले घरबेटीसंग समन्वय त गरिदिनु भयो तर समाधान भएन ।” दुई भाईहरु सहित बस्दै आएकी उनलाई अहिले घरबेटीले बिभिन्न बहानमा दुख दिने,त्रास देखाउन ,बिभिन्न आरोप लगाउने र मानसिक तनाव दिन थालेको दुखेसो पोखिन ।

धनगढिबाट दिपा र उनका भाईहरु पढ्नका लागि काठमाडौ आएका हुन तर देशको राजधानिमा पनि  जातिय बिभेदको नमिठो घटना भोग्नु परेको उनले बताईन । उनले भनिन् “कोठा खोज्न कामाडौका गल्ली गल्ली डुले तर कोठा पाएकी छैन । कोठा हेर्न जादा खाली हुन्छ शुरुमै थर सोधिन्छ,थर थाहा पाए पछि बिभिन्न बहाना बनाएर नदिने गरिदो रहेछ ।” दिपा अहिले न्यायका लागि भौतारि रहेकी छन । उनले भनिन् पढ्ने बेलामा कोठा खोज्दा नै समय बित्ने भो,ढुक्क भएर पढ्ने वातावरण कहिले हुन्छ ?

संसदमा पनि कुरा उठ्यो

प्रतिनिधि सभाका सदस्या मिन विश्वकर्माले बुधबार संसद बैठमा कैलाली धनगढिकी दिपा परियारको समस्यालाई उठाउनु भएको छ । उहाँले जात थाहा पाए पछि घरबेटीले कोठा छोड्न दबाब दिनु जातिय बिभेद भएको भन्दै जातीय भेदभाव तथा छुवाछूत ९कसुर र सजाय० ऐन, २०६८ अनुसार कारर्वाहि गर्न जोडदार माग गर्नु भएको छ । उहाँले यो घटनाले दिपा परियार र उनका भाईहरुलाई मानसिक तनाब भएको पनि बताउनु भएको छ ।  कानुन  अनुसार  कसुर गर्ने व्यक्तिलाई तीन महीनादेखि तीन वर्षसम्म कैद वा रु एक हजारदेखि २५ हजारसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ  । ऐनमा कसैले कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, जात, वंश, समुदाय वा पेशाका आधारमा काम गरे वा गराएका जातीय भेदभाव वा छुवाछूत गरेको मानिने उल्लेख छ ।

प्रतिकृया दिनुहोस्