RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/९/२१ गते
११७२ पटक

काठमाडौँ । राष्ट्रिय दलित पत्रकार संघ नेपाल, दैलेखको अध्यक्षमा पृथ बयलकोटी चयन हुनुभएको छ । देशभर छरिएर रहेका दलित समुदायका पत्रकारहरुको छाता संस्था संघ जिल्लाहरुमा संगठन विस्तार अभियान तीव्र बनाउने क्रममा दैलेखको अध्यक्ष बयलकोटी सहित ९ सदस्य जिल्ला कार्य समिति चयन गरिएको हो ।

सो समितिको उपाध्यक्षमा टोपेन्द्र सोनी, सचिव कृष्ण दैलेखी, सहसचिव दुर्ग दर्जी, कोषाध्यक्ष कमला बीसी चयन भएका छन् भने सदस्यहरु सन्दीप बिक र करिना नेपाली समेत चयन हुनुभएको छ । सम्मेलनले कार्यसमितिको सल्लाहकारमा सूर्य बिश्वकर्मा, बिशाल सुनार र अभिशेक अनुराग छन् भने कर्णाली प्रदेश सम्मेलनमा दैलेखबाट हिक्मत नेपाली र मदन बिकलाई प्रतिनिधि चयन गरेको छ ।

सो भेलाको उदघाटन कार्यक्रममा कर्णाली प्रदेशसभा आर्थिक समितिका सभापति अम्मरबहादुर थापाले विगतमा गरेको विभेदलाई बिर्सेर अव अहिले कसले कसरी सद्भाव देखाएको छ भनेर सकारात्मक तरिका सहकार्यता बढाए विभेद छिटो निर्मूल हुने बताउनुभयो । नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्का, राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय सचिव अमर सुनार लगायतले दलित समुदायका पत्रकारहरुबीच आपसी एकता र जातीय विभेद समस्यालाई दरिलो ढंगले उठाउन यो संगठन आवश्यबक रहेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्