RaraNews

जागरण मिडिया प्रकाशित : २०७४/९/१८ गते
१६८४ पटक

काठमाडौं ।

राजधानी पहाड तोक्ने की तराई भन्ने रस्साकस्सीका बिच प्रदेश नं ७ को अस्थायी राजधानी अन्तह: कैलालीको धनगढी तोकीएको छ । सात नम्बर प्रदेशको राजधानी दिपायल, डडेल्धुरा र अत्तरिया मध्ये कुन हुने भन्ने विबाद र अन्योल भइरहदा सरकारले अस्थायी राजधानीका रुपमा धनगढी तोक्ने खाका बनाएको हो । यो संगै सरकारले सात वटै प्रदेशको अस्थायी राजधानीको खाका बनाएको मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले जानकारी दिनुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले सात वटै प्रदेशको अस्थायी राजधानीको खाका तयार पारेको हो । प्रवतmा पन्थीका अनुसार,

प्रदेश नम्बर १ को विराटनगर,

प्रदेश नम्बर २ को जनकपुर,

प्रदेश नम्बर ३ को भक्तपुरको ठिमी,

प्रदेश नम्बर ४ को पोखरा,

प्रदेश नम्बर ५ को दाङ,

प्रदेश नम्बर ६ को सुर्खेत  र प्रदेश नम्बर ७ को धनगढी अस्थायी राजधानी तोकिने खाका तयार पारेको छ ।
प्रदेश राजधानीबारे बिरोधको आशँका ।
प्रदेशका राजधानी तोक्ने बिषयमा दलका नेताहरुबिच अन्योल र जनतामा खिचातानी भइरहेका बेला सरकारले सात वटै प्रदेशको अस्थायी राजधानीको खाका तयार पारेको बिषयमा केहि बिरोधका स्वरहरु सुनिन थालेका छन । बिषेशगरि, सात नम्बरमा यसबारे बिरोधका स्वरहरु सुनिन थालेका छन । सात नम्बर प्रदेशको राजधानीका लागि दिपायल र अत्तरिया चर्चामा थिए । डोटीका राजनतीक दलका दुई जना नेता कंग्रेसका बिर बहादुर बलायर र एमालेका प्रेम आलेले सात नम्बर प्रदेशको राजधानी दिपायल हुनुपर्ने भन्दै आवाज उठाउदै आएका थिए । त्यसैगरि, माओवादी नेता लेखराज भट्टले कैलालीको अत्तरिया सात नम्बर प्रदेशका लागि सबै भन्दा उपयुतm भएकाले अत्तरियालाई नै राजधानी तोकिनु पर्नेमा जोड दिदै आएका थिए ।


थारुलाई सम्बोधन ?
धनगढीलाई अस्थायी प्रदेश राजधानी तोकिने भएपछि सात नम्बर प्रदेशका थारु समुदायलाई सम्बोधन गरेको बिश्लेषण र वहश पनि सुरु हुन थालेको छ । अखण्ड सुदूरपश्चिमको आन्दोलनका बेला बिशेषगरि थारु समुदायको माग नै आफ्नो पहिचान र बिशेष अधिकारको ग्यारेन्टी हुनुपर्ने भन्दै थारुहट राज्यको माग गर्दै आन्दोलन चर्काएका थिए ।

यद्यपी, सात नम्बर प्रदेशको राजधानी थारुहट राज्य नामाकरण नगरिए पनि थारु समुदायले गरेको आन्दोलन बिचबाट उत्पन्न अकल्पनिय टिकापुर घटनालाई हेर्न पनि सकिन्छ । उतm घटनाको सहि छानविनको माग गर्दै आएका थारु अगुवाहरुको मागलाई केहि सम्बोधन गरेको जस्तो देखिन्छ । थारुहरुको बाहुल्य रहेको कैलाली जिल्लाको धनगढीलाई सात नम्बर प्रदेशको अस्थायी राजधानी तोक्ने सरकारी खाका तयार भएपछि असन्तुष्ट थारु समुदाय केहि कन्भेन्स हुने चलाखीका रुपमा पनि हेर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्