RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/८/१६ गते
१३५७ पटक

रुपन्देही जागरण मिडिया सेन्टरले प्रदेश नम्बर ५ को अस्थायी राजधानी बुटवलमा स्थापना गरेको संसदीय स्रोत केन्द्रको विहिबार अवलोकन गरिएको छ । आइएम स्विडिस् डेभलपमेन्ट पार्टनरका प्रतिनिधिले स्रोत केन्द्रको अवलोकन गर्दै यसको प्रभावकारीताका बारेमा समेत छलफल गरेको छ ।

दलित तथा सिमान्तकृत समुदायका सांसद तथा नागरिक संगठनलाई एकै थलोमा बसेर छलफल गर्न स्रोत केन्द्र स्थापना गरिएको हो । श्रोतकेन्द्रमा महिला तथा दलित सांसदहरुलाई अध्ययन गर्ने उपयुक्त थलो बन्ने तर यसको प्रभावकारिता भने बढाउनुपर्नेमा प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताउनुभयो । उहाँले सांसदहरुले आफ्नो प्रतिनिधित्व गरेको वर्गका लागि काम गर्न अध्ययनको खाँचो रहेकाले स्रोत केन्द्रलाई प्रभावकारी र चलायमान बनाउन सुझाव दिनुभयो ।

त्यसैगरि प्रदेश ५ का सांसद दीपा विश्वकर्माले आफूहरुका लागि एकै थलोमा बसेर छलफल गर्ने माध्यम बनेकाले यसको प्रभावकारिता बढाउदै लैजानुपर्नेमा जोड दिनुभयो । आइएम स्विडिस डेभलपमेन्टको सहयोगमा स्थापना गरिएको श्रोत केन्द्रमा इन्टरनेट, तथा पुस्तकहरु उपलब्ध छ । बुटवल कालिकानगर स्थित रामपथमा रहेको श्रोत केन्द्रमा सांसद, विभिन्न संघसंस्था तथा जनप्रतिनिधिहरुले समेत उपयोग गर्न सकिने छ । छलफलमा आइएमका कार्यक्रम निर्देशक गोविन्द न्यौपानेले नागरिक संगठन र राजनितिक अधिकार सँगै जोडिएकाले यसको संरक्षणका लागि श्रोत केन्द्र प्रभावकारी हुने बताउनुभयो ।

आइएमकै कार्यक्रम अधिकृत सुनिता गुरुङले महिला, दलित तथा सिमान्तकृत समुदायका सांसदहरुका लागि आवश्यक परामर्श र छलफल गराएर निति निर्माणमा सहयोगी भूमिका निर्वाह गर्न श्रोत केन्द्रले काम गर्नुपर्ने बताउनुभयो । आइएम सहित जागरण मिडिया सेन्टर, सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलबस्तु र इन्द्रेणी ग्रामिण विकास केन्द्रको टोलीले विहिबार नै सामाजिक विकास मन्त्री सुदर्शन बरालसँग पनि भेटघाट गरेको छ ।

प्रतिकृया दिनुहोस्