RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/४/१ गते
१२३२ पटक

नेपाल आदिवासी जनजाति महासंघले भोलिका लागि घोषणा गरेको ‘नेपाल बन्द’ फिर्ता लिएको छ । लोकसेवा आयोगको विज्ञापनमा आरक्षण लागू नभएको विरोधमा महासंघलगायत विभिन्न संस्थाले संयुक्त रूपमा आन्दोलन जारी राखेका छन् ।

‘मुलुकमा बाढीपहिरो गइरहेका बेला बन्द गर्नु अनुचित भन्ने भयो,’ महासंघका उपाध्यक्ष गोविन्द छन्त्यालले भने, ‘त्यसैले प्रदर्शनमात्र गर्ने कार्यक्रमलाई अघि बढाई पूर्वघोषित बन्दको कार्यक्रम फिर्ता लिइएको छ । विरोधका अन्य कार्यक्रम यथावत् छन् ।’

आन्दोलनमा राष्ट्रिय अपांग महासंघ, मधेसी, मुस्लिमलगायतका संस्था संलग्न छन् ।

प्रतिकृया दिनुहोस्