RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/३/३१ गते
१५०९ पटक

लोकसेवा आयोगको विज्ञापन खारेजीको माग गर्दै सोमबार राजधानीमा विभिन्न पक्षले सिट्ठी जुलुस निकालेका छन् । आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित, अल्पसंख्यक, महिला तथा अपांगता भएकालगायतले संयुक्तरुपमा सिट्ठी जुलुस निकालेका हुन् ।

जुलुसमा सरकारविरुद्ध चर्को नाराबाजी गरिएको थियो । जुलुसपछि आयोजित कोणासभामा बोल्नेहरुले लोकसेवा आयोगको विज्ञापन समानुपातिक समावेशीको सिद्धान्तविपरीत भएको भन्दै खारेज गर्न माग गरेका थिए ।

सुन्धाराबाट सुरु भएको जुलुस विभिन्न स्थानको परिक्रमा गर्दै न्यूरोडमा पुगेर कोणसभामा परिणत भएको थियो ।

यो समाचार हामीले इमेजखबरबाट साभार गरेका हौं ।

प्रतिकृया दिनुहोस्