RaraNews

मनोज श्रीवास्तव प्रकाशित : २०७६/३/२० गते
११७२ पटक

यशोधरा गाँउपालिका आज एक भब्य सहारोहका बिच छात्राहरुलाई छात्रबृति बितरण गरेको छ । गाँउपालिकाले आफ्नो कार्यक्षेत्र भित्रका ७ वटा बिद्यालयका १ सय ४३ जना दलित छात्रा प्रोत्सहन स्वरुप छात्रबृति बितरण गरेको हो ।

गाँउपालिकाका ५ वटा निम्न माबि र २ माबिमा कक्षा ७,८,९ र १० मा अध्ययनरत गरिब तहका दलित बालिकालाई छात्रबृति उपलब्ध गराएको हो । बार्षिक कार्यक्रम अनुसार १ हजार ६ सय ५० रुपैया प्रति बिद्यार्थीलाई शिक्षा सिकाईकोलागी प्रोत्साहन दिएको यशोधरा गाँउपलिका प्रमुख गिरजेश कुमार पाण्डेंयले बताएका छन । गाँउपालिका भित्रका गरिबीले गर्दा किताब, कापी, झोला, ड्रेस किन्न नसक्ने बिद्यार्थीलाई सम्पुर्ण खर्च गाँउपालिकले ब्यर्होने गरि शिक्षाबाट बन्चित हुन नदिन प्रतिबद्धता समेत जनाएका छन । अब गरिबीको कारणले गर्दा कसैलाई शिक्षाबाट बन्चित हुन पर्दैन ।

यो छात्रबृतिको रकमले हामी धेरै सहयोग गर्छ, किताब, कापी, पेन किन्न सजिलो भयो । समुदायिक बिद्यालयमा पढने बालिकालाई सहयोग पुग्ने छ । यसले बिद्यालयमा बालिका उपस्थीति बढाउनेमा मदत गर्छ । असहाय र गरिब बिद्यार्थीकोलागी राम्रो भएको छ । तिनीहरुको मनोबल बढछ । समाजमा पछाडी परेका गरिब बर्गका बच्चा नै समुदायिक सरकारी बिदालयमा पढने भएको यसले धेरै नै परिपुर्ति गर्ने छ ।

हामीले जुन उदेश्यले बितरण गरेको सोही काम बहिनीहरुले आफनो शैक्षिक कार्यक्रममा लगाउनु होला । यो रकम अभिभावकलाई शिक्षण शिकाई बाहेक अन्य कामकोलागी दिइको छैन । नानीहरु भबिष्यको कर्णधार हो पढाईमा ध्यान दिनु । अहिले शुरवात भएको छ, अगामी बर्षमा यो रकम बढ्ने बिश्वास दिलाउनु भयो ।

मनोज श्रीवास्तवले लेख्नु भएको यो समाचार हामीले news24nepal बाट साभार गरेका हौं ।

प्रतिकृया दिनुहोस्