RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/३/१७ गते
९५४ पटक

भद्रपुर । झापाको मेचीनगर नगरपालिका–९ मा अभिभावकसँगै भाडामा बस्दै आएकी १७ वर्षीया दलित किशोरीले आफूलाई घरधनीले डर र त्रासमा पारी एक वर्षदेखि शारीरिक शोषण गर्दै आएकाले कानूनी कारवाहीका लागि प्रहरीमा उजुरी दिएकी छिन् ।

पीडित किशोरीको परिवार खड्का थरका स्थानीयवासीको पुरानो घरमा भाडामा बस्दै आएको थियो । घरधनी खड्काले नै शारीरिक शोषण गरेको भनी दोषी किटान गरेर धुलाबारी इलाका प्रहरी कार्यालयमा गत असार २ गते पीडितले उजुरी दिएकी उक्त कार्यालयका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए ।

अभियुक्त खड्काले असार २ गते साँझ पछिल्लोपटक बलात्कार गरेपछि मेचीनगर–१० स्थित आम्दा अस्पताल नजिकै ती किशोरीलाई अलपत्र सडकमा छाडेका थिए । स्थानीयवासीले पीडित किशोरीलाई रुँदै सडकमा बसिरहेको अवस्थामा फेला पारेर प्रहरीलाई बुझाएका थिए ।

अभियुक्त फरार भएकाले खोजतलास तीव्र पारिएको प्रहरी निरीक्षक ठाकुरले बताए । पीडित किशोरीले आफूलाई पटकपटक शारीरिक शोषण गरेपछि खड्काले कतै सुनाएमा मारीदिने धम्की दिँदै आएको बताएकी छन् ।

यो समाचार हामीले राजधानी दैनिकबाट साभार गरेका हौं ।

प्रतिकृया दिनुहोस्