RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/३/९ गते
१३२१ पटक

राष्ट्रिय मानवअधिकार आयोगले छुवाछुत उन्मुलनमा सरकार असफल भएको निष्कर्ष निकालेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा आयोगले छुवाछुत उन्मुलन सम्बन्धी ऐन देखाउनका लागि मात्र ल्याएको जनाउँदै नीति तर्जुमामा सरकार असफल भएको जनाएको हो ।

आयोगका अध्यक्ष अनुपराज शर्माले सरकारले ल्याएको ऐन प्रभावकारी बन्न नसक्नुको कारण ऐनमा रहेको व्यवस्था नै सही नभएको तर्क समेत गर्नुभएको छ । ऐन कार्यान्वयनको तरिकामा नै समस्या हुँदा छुवाछुत उन्मुलन हुन नसकेको उहाँको भनाइ थियो ।

कार्यक्रममा अध्यक्ष शर्माले छुवाछुत सम्बन्धमा चेतनाको विकासले मात्रै यसको अन्त्य नहुने भन्दै कानून निर्माण नयाँ शिराबाट गर्नुको विकल्प नरहेको समेत बताउनुभएको थियो ।

प्रतिकृया दिनुहोस्