RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/२/३० गते
२२५३ पटक

समाजमा वातावरणीय शिक्षाको विकास (सिड) ले दाङमा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ । दाङको शान्तिनगर गाउँपालिका वडा नं ५ बैशामा सिडले स्थानीय तहको योजना प्रक्रिया तथा प्रस्तावना लेखन सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरेको हो ।

आईएम स्वीडिसको सहायतामा गाउँपालिकाको वडा नं. ५,६ र ७ का बाल क्लब, विद्यालय व्यवस्थापन समिति, सिडका निगरानी समूह, छलफल केन्द्रलगायतका पदाधिकारीलाई उक्त तालिम दिईएको हो । स्थानीय क्षेत्रको विकासका लागि आवश्यक कार्यक्रमको छनोट, कार्यान्वयनको योजनालगायतका विषयलाई बुझ्न कार्यक्रमले सहज बनाएको छ ।

सीडका कार्यक्रम निर्देशक भागीराम चौधरी, सामाजिक परिचालक शारदा बस्नेत, यादव चौधरीले कार्यक्रमका सहभागिलाई प्रस्तावना लेख्न समेत सिकाउनुभएको थियो । सहजकर्ता यमुना ओलीको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष गिरीराज बस्नेत पनि उपस्थित हुनुहुन्थ्यो ।

प्रतिकृया दिनुहोस्