RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/२/२९ गते
१४३३ पटक

 एक वर्ष अघि अन्तरजातिय विवाह गरेकी पाँचथरको याङवरक गाउँपालिका–४, थर्पुकी प्रमिला सिवा अहिले बिचल्लीमा परेकी छिन् ।

ताप्लेजुङको सिदिङवा गाउँपालिका– ४, साप्लाखुका  विजय ताम्लिङ (लिम्बू) सँग प्रमिलाले प्रेम विवाह गरेकी हुन् । विवाहपछि प्रमिला गर्भवती भएको बेला श्रीमानले दोस्रो विवाह गरे पछि माइती घरमा बस्दै आएकी प्रमिललाले मंगलबार बिहान जिल्ला अस्पताल फिदिममा छोरीलाई जन्म दिएकी छिन् ।

प्रमिला अहिले १८ वर्षकी भइन् । उनका श्रीमान ताम्लिङको उमेर १९ वर्ष पुगेको छ । माइतमा समेत आर्थिक अवस्था कमजोर भएकी प्रमिलाको कोखबाट छोरीको जन्म भएपछि हेरचाह गर्ने मान्छेसमेत नपाएर झनै बिचल्लीमा परेकी हुन् ।

श्रीमानले दोस्रो विवाह गरेपछि माइती थर्पुमा बस्दै आएकी प्रमिलालाई स्थानीय स्वास्थ्य स्वयं सेविकाले प्रसूति गराउन जिल्ला अस्पताल फिदिममा ल्याएकी हुन् । अहिले आमा र शिशु दुवैको अवस्था राम्रो रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

ताप्लेजुङको सिदिङवा गाउँपालिका–४ काे साप्लाखुमा विवाह गरे पनि श्रीमान र सासु-ससुरासँगै झापाको काकडिभिट्टामा बस्दै आएकी प्रमिलाले विवाहपछि श्रीमानको घर परिवार र आफन्तजनबाट नै अन्तरजातीय विवाह गरेकै कारण दुर्व्यवहार र शारीरीक यातना खेप्नु परेको बताएकी छिन् ।

गएको पुष महिनामा श्रीमानले अर्कै केटीसँग दोस्रो विवाह गरेको र त्यसपछि आफूसँग सम्पर्कमा नरहेकाे भन्दै त्यसपछि घरका अन्य  सदस्यको दुर्व्यवहार र शारीरीक यातना खप्न नसकेर आफू माइतमै बस्न थालेको उनले बताइ्न् ।

माइतमा समेत आर्थिक अवस्था कमजोर रहेकी प्रमिला अहिले जिल्ला अस्पताल फिदिमको प्रसूति गृहमा छिन् । उनको हेरचाहका लागि काेही आएका छैनन् । माइतमा रहेकी प्रमिलाकी आमाको हातखुटा नचल्ने र बुवा पनि वृद्ध अवस्थामा छन्।

उपेन्द्र येक्तेनले लेख्नुभएको यो समाचार हामीले उज्यालो अनलाईनबाट साभार गरेका हौं ।

प्रतिकृया दिनुहोस्