RaraNews

रासस प्रकाशित : २०७६/२/६ गते
९९४ पटक

जातीय विभेद तथा छुवाछूत अन्त्यका लागि चैत ३ बाट शुरु भएको महाकाली–मेची पदयात्रा काँकडभिट्टा पुगेर  सम्पन्न गरिएको छ  । पैदयात्रामा सहभागी होमराज आचार्य, अशोक दर्नाल र रीता परियारले देशका प्रत्येक कुनाकाप्चाबाट छुवाछूत सदाका लागि अन्त्य गर्न उत्प्रेरित गर्ने उद्देश्यका साथ उक्त पदयाक्रा गरिएको यहाँ आयोजित एक कार्यत्रmममा जानकारी दिए ।

एक लाख १७ हजार नागरिकसँग प्रत्यक्ष संवाद, अन्तर्क्रिया र छलफल गर्दै आफूहरुले सामाजिक विभेद  नै परिर्वतनको बाधक तत्व भएकाले स्थानीय स्तरबाटै यसको समधानको उपाय खोज्न  र कानुन कार्यान्वयनमा देखिएका कमीकमजोरी सच्याएर समाजलाई सचेत गराउने काम गरिएको  उनीहरुको भनाइ थियो । पदयात्री दर्नालले आफूहरुले ५४ दिन लामो महाकाली–मेची पदयात्रामा १३२८ किलोमिटर यात्रा गरेको जानकारी दिए ।  अर्का पदयात्री आचार्य र परियारले याक्राका त्रmममा दलितले भोग्दै आएको पीडाबारे पनि साक्षात्कार गरिएको बताए ।

छुवाछूतसम्बन्धी नीति तथा नियम किताबमा मात्रै सीमित भएकाले त्यसलाई  व्यवहारमा लागु गरिनुपर्नेमा जोड दिँदै उनीहरुले आगामी छ महिनाभित्र जातीय विभेद र छुवाछूत अन्त्यका लागि सामाजिक रुपान्तरणमा लाग्ने र ७५३ स्थानीय निकायकाबाट ५१ सदस्यीय परिर्वतनका लागि संवाहक नामक समिति  गठन गरी राष्ट्रिय सञ्जाल निर्माण गरिने जानकारी दिए ।

प्रतिकृया दिनुहोस्