RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/२/२ गते
१०७२ पटक

स्थानिय तहले युवामैत्री कार्यक्रम संचालन गर्नु पर्ने कपिलवस्तुका युवाहरुले माग गरेका छन् । साथै प्रदेश र संघीय सरकारबाट युवाहरुलाई लक्षित गरि बजेट विनियोजन गरि कार्यान्वयन गर्ने खालका कार्यक्रमहरु स्थानीय तहमार्फत संचालन हुने गरि ल्याउनु पर्नेमा उनिहरुले जोड दिएका हुन् । कपिलवस्तुको शुद्धोधन गाँउपालिकाको वडा नं २ नन्दनगरमा मंगलवार भएको युवाहरुको समाजिक क्षेत्रमा भुमिका विषयक युवा भेलामा बोल्दै सहभागि युवाहरुले सिप बिकास संगै स्वरोजगारमुलक कार्यक्रमहरु स्थानीय तहबाट संचालन हुनु पर्नेमा जोड दिएका हुन् ।

सरकारले बेरोजगार युवाहरुलाई स्वरोजगार मुलक कार्यक्रमको योजना अघि सारेकोमा यस्तो कार्यक्रम राम्रो भएपनि स्थानिय स्तरका गाँउगाँउमा रहेका युवाहरुलाई अगाडि बढाउनका लागि स्थानीय तहले थप युवामैत्री र युवाहरुमार्फत आर्य आर्जन गरि जिविकोपार्जनमा सुधार हुने खालका योजनामा संचालन गर्नु पर्ने उनीहरुको भनाई छ । गाँउमा धेरै युवाहरु विदेशिने समस्या रहेको र त्यसको निराकरणका लागि स्थानीय तहले योजनासहित सिप विकास कार्यक्रममा केन्द्रित हुनु पर्ने स्थानिय युवा अमित सहानीले बताउनु भयो ।

सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजना, वडा नं २ नन्दनगरको सहकार्य तथा आई.एम सुईडिसको सहयोगमा कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रममा सहभागी युवा सम्झना चौधरीले भन्नु भयो,“स्थानिय तहले खेलकुदमा युवाहरुको सहभागिताका लागि जोड दिएकामा हामी खुशी छौ” अब शुद्धोधन गाँउपालिकाले सिप विकास, क्षमता अभिवृद्धिमुलक, आय आर्जनमुलक, प्रविधि मैत्री, स्वरोजगारमुलक क्रियाकलापामा युवाहरुलाई समावेश गर्ने गरि काम गर्नु पर्यो ।

करिब ३० जना युवाको सहभागितामा आयोजना गरिएको भेलामा अधिकाँश युवाहरु आफुहरुलाई राज्यले प्रदान गर्ने सेवा तथा सुविधाहरुको बारेमा केहि जानकारी नरहेकाले स्थानिय तहले आफ्नो सेवा तथा सुविधका बारेमा सचेतनामुलक कार्यक्रम संचालन गर्नु पर्ने बताएका छन् । १७ गाँउ रहेको नन्दनगरमा सवै गाँउलाई समेटेर युवाहरुले वडा स्तरको युवा संजाल निर्माण गर्ने निर्णय गरेका छन् । गाँउका युवाहरुलाई सक्रिय बनाई सामाजिक उत्तरदायी तर्फ अग्रसर वनाउनका लागि युवाक्लव गठनको योजना वनाएको वडा न। २ अध्यक्ष मनोजकुमार यादवले वताउनुभयो ।

भेलाले जेठ ८ गते वडा स्तरको क्लव गठन गर्ने निर्णय समेत गरेको छ । भेलाको सिद्धार्थ सामाजिक विकास केन्द्रका कार्यक्रम संयोजक यादव भुसाल, शिक्षा सवाल प्रमुख रामरेखा वरुण, गोविन्द यादव, लिला आचार्यले सहजिकरण गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्