RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/१/१६ गते
२३३५ पटक

दाङ। समाजमा वातावरणीय शिक्षाको विकास (सीड)ले छात्रामैत्री शिक्षालाई अभियानका रुपमा अघि बढाएको छ । छात्रामैत्री शिक्षाले मात्रै शैक्षिक गुणस्तर वृद्धि हुन सक्ने भन्दै संस्थाले यसलाई अभियानका रुपमा अघि बढाएको हो । विद्यालय सुधार योजनामा छात्रामैत्री विद्यालय सुधारका योजना समावेश गर्नका लागि संस्थाले आइतबार दाङको शान्तिनगर गाउँपालिकाका सम्पूर्ण सरकारी विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुलाई पनि छात्रा मैत्री बिद्यालय सुधार योजना निर्माणका लागि अभिमुखिकरण प्रदान गरिएको छ ।

यसअघि संस्थाले दाङको दंगीशरण गाउँपालिकामा रहेका विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुलाई पनि अभिमुखिकरण गरेको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले शैक्षिक गुणस्तर सुधार गर्नुका साथै सामुदायिक विद्यालयको आकर्षण बढाउन छात्रामैत्री शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।

आईएम नेपालको आर्थिक सहयोगमा सीडले आयोजना गरेको कार्यक्रममा शिक्षकहरुले पनि विद्यालय सुधारका लागि छात्रामैत्री शिक्षालाई जोड दिने प्रतिबद्धता जनाएका थिए । सीडका कार्यक्रम निर्देशक भागीराम चौधरीको सभापतित्व तथा गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

गाउँपालिका शिक्षा शाखा प्रमुख घनश्याम ओलीले शिक्षक र पदाधीकारीलाई अभिमुखिकरण प्रदान गरेका थिए भने सीडका सामाजिक परिचालक सीता चौधरीले स्वागत मन्तब्य ब्यक्त गरेकी थिईन् । कार्यक्रमको सहजीकरण सीडका कार्यक्रम संयोजक माधव चौधरीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्