RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/१/१६ गते
१३६२ पटक

बझाङ।  महिनावारी (छाउ) भएको समय साइपाल गाउँपालिकाका छात्रा विद्यालय जानबाट वञ्चित हुने गरेका छन् । गाउ“पालिकानजिकैको काँडा माध्यमिक विद्यालयको प्रांगणमा भवानी मन्दिर भएका कारण उनीहरू महिनावारी भएको समय विद्यालय नगएर घरमै बस्ने गरेका हुन् ।

विद्यालय प्रांगणमा मन्दिर भएका कारण महिनावारी भएको समय विद्यालयमा जाँदा अनिष्ट हुने, पछि गएर वंश नै नास हुने, घरपरिवारमा राम्रो नहुनेलगायत कारण देखाउ“दै महिनामा ६ दिनसम्म विद्यालय नगएर बसेको कक्षा १० मा अध्यानरत मनिषाकुमारी बोहराले बताइन् ।

शिक्षक ज्ञानबहादुर बोहरा महिनावारी भएको पाँच दिनसम्म छात्रा विद्यालय नआउने गरेको बताउँछन् । आफूहरूले विद्यालयमा आउन आग्रह गर्दासमेत अभिभावकले नपठाउँदा र स्वयं छात्रा नै नमान्दा समस्या समाधान हुन नसकेको उनी बताउँछन् । विद्यालयमा छात्रा शौचालय नभएका कारण पनि समस्या भएको उनको भनाइ छ । विद्यालयमा वडा १ देखि ३ सम्म बालबालिका अध्ययन गर्न आउने गरेको स्थानीय पिटर बोहराले बताए ।

यो समाचार हामीले राजधानी दैनिकबाट साभार गरेका हौं ।

प्रतिकृया दिनुहोस्