
संविधानले भेदभाव र छुवाछूतलाई गैरकानूनी मान्छ । तर, व्यवहारमा त्यस्तो छैन । दलित प्रतिनिधिले समेत छुवाछुत बेहोरिरहेका छन् । ओखलढुंगामा दलित जनप्रतिनिधिलाई योजना छनोटमा निषेध गर्ने र बजेट रोक्ने गरेको पाइएको छ ।सिद्धिचरण नगरपालिका–१२ का वडा सदस्य सुनिता नेपालीले सडकबाट दलित बस्तीसम्म जाने घोडेटो बाटो र खानेपानीका लागि योजना माग गरेको दुई पटक भयो। योजना सूचीमा राखिन्छ तर, बजेट पर्दैन। दलित भएकै कारण सुनुवाइ नभएको उनले गुनासो गरिन्। उक्त वडाको दलित बस्तीमा खानेपानीको समस्या मात्र होइन, टोलसम्म पुग्ने गोरेटो बाटो निकै अप्ठेरो छ। नेपालीले भनिन्, ‘गाउँमा विकास निर्माण दलित बस्तीमा योजना नै नपारिएको बताइन्।
http://annapurnapost.com/news/119826