RaraNews

जागरण मिडिया प्रकाशित : २०७४/९/१५ गते
१६६१ पटक

काठमाडौं ।


पुर्ब सासद, दलित अगुवा तथा बरिष्ठ पत्रकार विनोद पहाडी सम्मानित हुनुभएको छ । काठमाडौंमा दुईदिनसम्म चलेको दलित संसदमा उहाँलाई टिकाराम पार्की मानव मर्यादा पुरस्कारबाट सम्मान गरिएको हो । कार्यक्रमका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबाट ५ हजार १ सय ८२ रुपैया राशीको सो पुरस्कार पहाडीलाई हस्तान्तरण गरिएको हो । पत्रकारिमार्फत दलित समुदायको हक अधिकार र उत्पिडनका बारेमा कलम चलाउदै आएका पहाडी पत्रकारिता संगै बिभिन्न निर्णायक दलित आन्दोलनको अग्रपङ्तीमा रहेर काम गर्दै आउनु भएको छ ।
नेपालको दलित आन्दोलन र वादी आन्दोलन उठान गर्नमा उहाँको ठुलो योगदान छ । सानै उमेर देखि बिद्रोही स्वभावका पहाडीले प्रत्यक्ष राजनितीमा रहेर पनि दलित समुदायका लागि महत्वपुर्ण कामहरु गर्नुभएको छ। सामाजितक न्याय र दलित आन्दोलनमा निकै सक्रिय रुपमा रहने पहाडीले सचारमाध्यमा समेत सामावेशीकरणको वहस चलाएका थिए ।
नेपाल पत्रकार महासंघ रूपदेन्हीका संस्थापक अध्यक्षसमेत भइसकेका पहाडी ‘नेपालीमञ्च साप्ताहिक’का प्रधान सम्पादन र रेडियो जागरण, रूपन्देहीका अध्यक्ष समेत हुनुहुन्छ । उहाँ पुर्ब सासंद पनि हुनुहुन्थ्यो र हाल माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत हुनुहुन्छ ।
सम्मान ग्रहणपछि बोल्दै दलित अगुवा पहाडीले आफुलाई गरिएको सम्मानले दलित समुदायका लागि थप जिम्मेवारी बोध गराएको बताउनु भयो । आगामि दिनमा दलित समुदायको मुतmी र हक अधिकारका लागि अझै शसक्त भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्