RaraNews

केपी अनमोल  प्रकाशित : २०७५/५/१२ गते
२१४८ पटक

धनगढी । कैलालीको धनगढीमा फेरि बालिका बलात्कारको घटना सार्बजनिक भएको छ । धनगढी उपमहानगरपालीका ११ का अन्दाजी ६६ बर्षिय कृष्णबहादुर खडायतले एक १३ बर्षिय बालिकाको बलात्कार गरेको घटना मंगलबार सार्बजनिक भएको हो । घटना भाद्र १० गते साँझ घटेको भएपनि स्थानियले दिएको बिषेश सुचनाको आधारमा प्रहरीले अभियुक्तलाई मंगलबार दिउसो घरबाटै पक्राउ गरेको थियो ।

स्कुलबाट घर आउँदै गरेकी बालिकालाई चस्मा हराएको बाहानामा अभियुक्त खडायतले गाँउ नजिकैको सेहरी जंगलमा लगेर बलात्कार गरेको प्रारम्भिक अनुसंन्धानमा खुल्न आएको कैलाली प्रहरी प्रमुख विनोद घिमिरेले बताउनुभयो । आर्थक रुपमा कमजोर पारिवारिक अवस्था भएकी बालिकाको परिवारलाई अभियुक्त खडायतले दुई हजार नगद दिई घटना गाँउमै मिलापत्र समेत गराएको प्रहरीको भनाई छ । घटनाबारे थप अनुसंन्धानका लागि पीडित बालिकालाई जिल्ला प्रहरी कार्यालय कैलालीमा ल्याइएको छ ।

प्रतिकृया दिनुहोस्