RaraNews

केपी अनमोल प्रकाशित : २०७५/४/३१ गते
२४३५ पटक

काठमाडौ–  सामाजिक न्यायका लागि अन्तर्राष्ट्रिय दर्नाल अवार्ड बैतडीकी दलित अभियन्ता सरस्वती नेपालीलाई प्रदान गरिएको छ ।
बुधबार राष्ट्रिय सभा गृह प्रर्दशनीमार्ग काठमाडौंमा एक भव्य समारोहको आयोजना गरि अभियान्ता नेपालीलाई नगद पाँच लाख सहित कदरपत्र प्रदान गरिएको हो । सामाजिक न्यायका युवा अभियान्ता स्व. सुभाष दर्नालकी आमा सरिता दर्नालले अभियान्ता नेपाललीलाई उक्त अर्वाड प्रदान गर्नु भएको थियो ।

अभियान्ता नेपाली सहित अन्य पाँच जना दलित अभियान्तालाई समेत कार्यक्रममा कदरपत्रले सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा सिरहाका अरुण सदा, दैलेखका पार्वतीकुमारी विशुन्के (सांसद), बर्दियाका दिलिप गन्धर्व, डडेल्धुराका कलावती भाँड र बाजुराका डा. रुपचन्द्र विश्वकर्मा रहनु भएको छ । उहाँलाई सामाजिक क्षेत्रका बिभिन्न ब्यक्तीहरुले कार्यक्रममा दोसल्लासहित कदरपत्र प्रदान गर्नू भएको थियो ।

कार्यक्रममा अभियान्ता गन्र्धवलाई संस्कृतिविद् सत्यमोहन जोशी, अभियान्ता दासलाई ल्यामबहादुर दर्जी, अभियान्ता भाँडलाई राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारी, अभियान्ता विशंखेलाई मिठाइदेवी विश्वकर्मा र डा. विश्वकर्मालाई डा. भगवान कोइरालाले कदरपत्र सहित सम्मान गुर्नभएको थियो ।

सामाजिक न्यायको क्षेत्रमा काम गर्दै आउनु भएका युवा अभियन्ता स्व. सुभाष दर्नालको सम्झनामा अन्तर्राष्ट्रिय स्तरको ठुलो धनरासीसहितको दर्नाल अर्वाड स्थापना गरिएको आयोजक संस्था समता फाउण्डेसनका कार्यकारी अध्यक्ष प्रदिप परियारले बताउनुभयो ।

‘दर्नाल अवार्ड’ ले सामाजिक न्यायसंगै दलित समुदायको हक अधिकारको क्षेत्रमा काम गर्दै आउनु भएका युवा अभियान्ताहरुको थोरै भएपनि सम्मान गरेको सरिता ट्रष्ट फाउण्डेसनका अध्यक्ष तथा स्व.सुभाष दर्नालकी श्रीमती सरिता परियारले बताउनु भयो ।

अन्तराष्ट्रिय स्तरको दर्नाल अर्वाडले सामाजिक न्यायको क्षेत्रमा काम गरिरहेका युवा अभियान्ताहरुलाई थप हौसला र उर्जा मिलेको आयोजक संस्था जागरण मिडिया सेन्टरका अध्यक्ष रेम बिश्वकर्माले बताउनु भयो । स्व. सुभाष दर्नाल र आफुले दलित अधिकार र सामाजिक न्यायका लागि संग संगे काम गरेको स्मरण गर्दै अध्यक्ष बिश्वकर्माले स्व. दर्नालले सानै उमेरमा सामाजिक न्यायका लागि ठुलो योगदान गरेको बताउनुभयो । सामाजिक न्याय बिना देशको विकास सम्भव नरहेकाले राज्यबाट सदियौंदेखि पछि पारिएका जाति, समुदायको न्याय र अधिकारका लागि बिषेशगरि युवाहरु हातेमालो गरि अगाडी बढ्न सकेमा दर्नाल अर्वाडले देखेको सामाजिक न्यायको सपना पुरा हुने उहाँले भनाई थियो ।

कार्यक्रममा काठमाडौं मेडिकल कलेजका सिनियर कन्सुलट्यान्ट डाक्टर सरोज धिताल, महिला सहयात्रा माइक्रो फाइृनान्स बित्तिय संस्थाका कार्यकारी अधिकारी सुमित्रा मान्नधर गुरुङ, सामाजिक अभियान्ता ईन्दा« राना मगर, लेखिका लुना रंजित लगायतले सामाजिक न्याय र दर्नाल अर्वाडबारे बोल्नु भएको थियो ।

मनोरंजनात्मक कार्यक्रम

कार्यक्रममा कवि केवल बिनाडीले जातिय विभेदबारे दुई वटा सुन्दर कविता वाचन गर्नुभएको थियो भने जनवादी गायक रुविन गन्र्धवले शसक्त जनचेतनामुलक गीत गाउनु भएको थियो । कार्यक्रममा अलेक्षा कार्कीले सुमधुर सांगीतिक धुन प्रस्तुत गर्नु भएको थियो ।
राष्ट्रिय सभागृहमा सम्पन्न भव्य अर्वाड समारोहमा राष्ट्रिय तथा अन्तराष्ट्रिय मानव अधिकारकर्मी, महिला अधिकारर्मी, शिक्षाविद, लेखक, विभिन्न संघसंस्थाका प्रतिनिधी, अधिवक्ता, संचारकर्मी, कलाकार लगायत सयौंको उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस्