RaraNews

जागरण मिडिया प्रकाशित : २०७५/४/२८ गते
१८५६ पटक

भोजपुर /रास गैरदलित समुदायको युवतीसँग विवाह गरेको भन्दै एक दम्पती कुटिएका छन् । भोजपुरको अरुण गाउँपालिका ४ चरम्वी डाँडा टोलका निशान नेपाली र स्थानीय सुस्मिता राई प्रेम विवाह गरेपछि सुस्मिता पक्षका व्यक्तिले निशानकी आमा , बहिनी तथा ठूलो बुुबालाई मरासन्न हुने गरी कुटपिट गरेका छन् । सुस्मिता पक्षधरले नौ घरधुरी दलित वस्तीका व्यक्तिलाई धम्की दिएको भन्दै जिल्लामा दलितको क्षेत्रमा काम गरिरहेका ६ वटा सस्थाले विज्ञप्ति समेत जारी गरेका छन् । विज्ञप्ति मार्फत स्थानीय ३२ वर्षीय भोजन राईसहितको अन्य तीन जनाको टोलीले कुटपिटसँगै दलित समुदायलाई धम्की दिएको भन्दै कारबाहीको माग गरिएको छ ।

प्रतिकृया दिनुहोस्