RaraNews

कविता नेपाली २५ लाख सहित ‘बुगीवुगी’ विजेता

आमाबुवाको घर बनाउने सपना पुरा गर्ने ईच्छा

केपी अनमोल प्रकाशित : २०७५/४/२० गते
२८०४ पटक

काठमाडौं । नेपालमा पहिलो पटक आयोजना भएको बुगी वुगी नृत्य प्रतियोगीताको उपाधी कविता नेपालीले जित्नु भएको छ । शनिवार राती ११ बजे सम्पन्न प्रतियोगितामा कविताले आफ्नो नृत्यमार्फत दर्शकबाट सर्वाधिक भोट पाएर प्रतियोगीताको विजेता हुनु भएको हो ।

प्रतियोगीतामा सरोज मोक्तान र प्रगती पुनलाई पछि पार्दै कविताले बुगी बुगी च्याम्पियनको उपाधि उचाल्नु भएको हो । एपी वान टेलिभिजनद्वारा नेपालमा पहिलो पटक आयोजित अन्तराष्ट्रिय डान्सिङ रियालिटी सो बुगीवुगीको फाइनल राउन्डमा कविताले च्याम्पियनको उपाधि सहित नगद २५ लाख जित्नु भएको छ ।

उक्त प्रतियोगितामा प्रगती पुन दोस्रो र सरोज मोक्तान तेस्रो हुनुभएको छ । पुनले ६ लाख र मोक्तानले ४ लाख पाउनु भयो । शतप्रतिशत दर्शकको भोटका आधारमा विजेता घोषणा भरिएको यस प्रतियोगितामा सर्लाही स्थायी घर भएर हाल काठमाडौंको पाटनमा बस्दै आउनु भएकी १८ बर्षिय कविताले दर्शकबाट सर्वाधिक भोट पाउनु भएर प्रथम भएको आयोजक एपि वान टिभीले जनाएको छ ।

बुगीवुगीका प्रतियोगीतामा देशभरबाट तीन हजार डान्सरहरुले सहभागी जनाएका थिए । प्रतियोगीताको विभिन्न राउण्ड हुंदै फाइनलमा तीन प्रतिस्पर्धी कविता नेपाली, प्रगती पुन र सरोज मोक्तान पर्नु भएको थियो ।

करिब आठ महिनासम्म चलेको यो प्रतियोगीताको निर्णायकहरुमा अभिनेता दिलीप रायमाझी, अभिनेत्री प्रियंका कार्की र कोरियोग्राफर कविराज गहतराज हुनुहुन्थ्यो । त्यसैगरि, यस कार्यक्रमका डाइरेक्टर एलन श्रेष्ठ, कार्यक्रम प्रमुख सुरेश पौडेल, कोरियोग्राफरहरू, प्रशान्त तामाङ, रोहिया महर्जन लगायत हुनुहुनथ्यो ।

कविताको परिवारमा खुशीको बहार 


कविता नेपाली बुगीवुगी विजेता भएपछि उहाँको परिवारमा अहिले खुशीको सिमा नै छैन । दयनिय पारिवारीक अवस्थामा रहेको कविताको परिवारमा बुगीवुगी जितसंगै खुशीयाली छाएको हो ।

बगीवुगीमा छोरी फष्ट होस भन्ने धेरै ठुलो सपना र ईच्छा थियो, बुवा कमल नेपालीले भन्नुभयो, “छोरी फष्ट हुँदा खुशीको सिमा नै रहेन, कविता विजेता हुनुभयो भन्ने सुन्दा खुशीले मुटु नै बाहिर आउला झै भाथ्यो ।” खुशीका आँशु झार्दै बुवा कमलले हामीसंग खुशी साट्नुभयो ।
छोरीको पढाई अधुरै रहेकाले बुगीवुगी नृत्य प्रतियोगीताबाट जितेर ल्याएको २५ लाखले उसको पढाईलाई निरन्तरता दिने बुवा कमलको भनाई छ । ‘छोरीको सपना पनि बुगीवुगी जितेर घर बनाउने थियो, यो पैसाले घर पनि बनाउने हो ।’ उहाँले भन्नुभयो ।

ज्याला मजदुरी गरेर छोरी कवितालाई हुर्काएको सम्झिदै आमाले भन्नुभयो, ‘यसरि सबैको मन जितेर खुशी दिन्छे भन्ने ठानेकी थिइन, हाम्रो कोशिसले त केहि पनि हुने थिएन तर कविता हाम्री छोरी मात्रै नभएर सारा नेपालीकी छोरी भइसकेकी रहिछ, त्यही भएर आज सबैको माया र साथ पाएर जिती, सारै खुशी लागेको छ हामीलाई ।’

कविता आमाबुवाकी एक्लो सन्तान हुनुहुन्छ । प्रतियोगीता भरि आफ्नो नृत्यमार्फत दर्शकहरुको मन मुटुमा बस्न सफल कविता आफैमा प्रतिभावान र लगनसिल भएको उहाँका छर छिमेकी र साथीहरु बताउनुहुन्छ ।

कविताले जितेको २५ लाखबारे बुवाको योजना यस्तो छ, हेर्नुहोस यो भिडियो पनि:

प्रतिकृया दिनुहोस्