RaraNews

जागरण मिडिया प्रकाशित : २०७५/४/१८ गते
१७८१ पटक

खोटाङ । खोटाङमा एक महिलाले आफु दलित भएकै कारण बिधालयको जागिरबाट निकालिएको भन्दै कारवाहीको माग गर्नुभएको छ ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ की बिन्दा विश्वकर्माले आफूलाई दलित भन्दै जागिरबाट निकाल्ने बिरुद्ध कारबाही गरिपाउँ भन्दै ज्ञापनपत्र दिनुभएको हो ।

दिक्तेलस्थित सरस्वती आवासीय विद्यालयमा कार्यालय सहयोगीको रुपमा कार्यरत विश्वकर्माले जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङ र प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेललाई घटनबारे उजरी पत्र बुझाएको जिल्ला प्रसाशन कार्यालय खोटाङले जानाएको छ ।

बिश्वकर्माले बुझाएको ज्ञापनपत्रमा ‘रोशन सर र ललित सरले मैले पकाएको चिया र तातोपानीसमेत खानुहुन्नथ्यो,’ ‘उहाँहरू दुवै जनालाई जातीय विभेदसम्बन्धी कारबाही गरिपाँउ ।’ भन्ने उल्लेख छ ।
विद्यालयका प्रधानाध्यापक रोशन ढकाल र सहायक प्रधानाध्यापक ललितकुमार बस्नेतले आफु दलित भएकै कारण जबर्जस्ती जागिरबाट निकालेको बिश्वकर्माको आरोप छ ।

बिधालय जस्तो ठाँउमा कुनैपनि वाहानामा कसैमाथि जातीय, लैगिक वा अन्य कारणले विभेद हुनु अपराध भएकाले विश्वकर्मामाथि भएको घटनाबारे आवश्यक छानविन गरि कारवाही अघि बढाइएको जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङले जानकरी दिनुभयो ।

बिश्वकर्माले लामो समयदेखि सो विद्यालयमा कार्यालय सहयोगीको काम गर्दै आएको र अहिले जातकै कारण जेठ २७ गते आफुलाई निकालिएको विश्वकर्माले दिएको ज्ञापनपत्रमा उल्लेख छ ।

विश्वकर्माको ठाँउमा अर्कै नियुक्त

बिधालयले बिश्वकर्माको ठाँउमा अर्कै कार्यालय सहयोगीलाई नियुक्त गरिसकेको छ । आफ्नो जागिर पुर्नवहालीका लागि धेरै प्रयास गरेको भएपनि बिधालयले बेवास्ता गरेको बिश्वकर्माको भनाई छ । उहाँका अनुसार विश्वकर्मालाई बिधालयबाट हटाए गलत्तै
अर्कै सहयोगी राखि सकिएको छ । आफूलाई हटाएर अर्को व्यक्तिलाई राखेको थाहा पाएपछि विद्यालयमा बुझ्न जाँदा उल्टै हप्काएर पठाएको बिश्वकर्माको दुखेको छ ।

प्रतिकृया दिनुहोस्