RaraNews

जागरण मिडिया प्रकाशित : २०७५/४/७ गते
१५७९ पटक

काठमाडौँ — समाजमा छुवाछूत कहिलेदेखि थियो भन्ने सवालमा मतान्तर छ । यसबारे प्रभावकारी अनुसन्धान भएको देखिँदैन । गौतम बुद्धकालीन समयमा पनि जातीय विभेद रहेको पुष्टि हुन्छ । हिन्दु वर्णाश्रम व्यवस्था भने लिच्छविकालका संस्थापक राजा सुपुष्पले चलाएको मानिन्छ । विभेदपूर्ण विगत भोगेको दलित समुदायले भारत स्वतन्त्रतापूर्व र नेपालमा राणाशासनको अन्त्यपूर्व नै संगठित रूपमा जातीय विभेद विरुद्ध संघर्ष गरेको भेटिन्छ । भारतमा दलित आन्दोलनले दुइटा उपलब्धि हासिल गर्‍यो । पहिलो, शूद्र जाति दलित समुदायका रूपमा समाजमा स्थापित भए । दोस्रो, गराउन र आरक्षण वा सामाजिक समावेशिताको सवाल राजनीतिक वृत्त र राज्यमा बहसका रूपमा आयो । तिनको प्रभाव नेपाल र नेपाली दलित आन्दोलनमा परेको पाइन्छ ।

https://www.kantipurdaily.com/bibidha/2018/07/23/153231063226628688.html

प्रतिकृया दिनुहोस्